गरगहना निर्यातमा जोड

गरगहनाको निर्यात प्रवद्र्धनका लागि सीपमूलक तालिम दिलाउनुपर्नेमा जोड दिइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डल बीचको छलफलमा यस्तो आवश्यकता औँल्याइएको हो ।

महासङ्घ अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले त्यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताए । केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणका लागि आवश्यक पर्ने तालीम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा मेलालगायतका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उनले बताए ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक पर्ने सीपमूलक तालीमका लागि केन्द्रले सहयोग गर्ने बताए । ‘नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको प्रशस्त सम्भावना रहेको रहेको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button