नौटंकी नै हो, यो नाटकै हो, गुन्द्रुकमा इस्त्री ला’ भनेकै यही हो

राधा पोखरेल

आईन्दा सेयर कारोबार गर्नलाई अनिवार्य ब्रोकरको बैंक एकाउन्टमा २५ प्रतिशत रकम जम्मा गरेकै हुनु पर्छ । त्यस्तो ब्यक्तिले मात्रै धितोपत्रको कारोवार गर्न पाउँछ, जुन व्यक्ति वा फर्मले ब्रोकरको खातामा २५ प्रतिशत रकम जम्मा गरेको हुनु पर्ने छ । यदि यो कुरा धितोपत्र बोर्डले आधिकारिक रुपमै पत्राचार गरी ब्रोकरहरुलाई भनेको हो भने हाम्रो संघ यस कुराको घोर निन्दा एवंम् भत्र्सना गर्दछ ।

यस्तो कुरालाई आपसी समझदारी ब्रोकर र लगानीकर्तामा छोडिदिनु बेस हुन्छ भन्ने हाम्रो संघको मान्यता रहदै आएको छ । यदि ब्रोकरले कुनै लगानीकर्तालाई विश्वास गरेर ‘बोर्डले तोकेको २५ प्रतिशत रकम मेरै ओडिको रकमबाट लगानीकर्ताको खातामा राखिदिन्छु, तिमीलाई चाहिदो लिमिट पनि दिन्छु, कारोबार मेरैबाट गरौं’ भन्छ भने बोर्डलाई कहाँनेर बाधा पर्यो ? अनि किन यसो गरिस् भने छानबिनको दायरामा ल्याई तिमी ब्रोकरलाई कारवाही गर्छु भनेर बोर्ड अध्यक्ष भिष्मराज ढुड्गानाज्यूले भन्नु भएको हो भने यो सरासर गलत कदम हुन जान्छ ।

यसले धितोपत्रको कारोबारकै मानमर्दन गर्ने निश्चित छ । लगानीकर्ता जाग्नुको विकल्प छैन । ‘जुठो खानु मिठोको आशले’ भने जस्तो त्यस्तो कुनै एक लगानीकर्ताको मात्रै बार्षिक कारोबारबाट आर्जित कमिसन रकमले ब्रोकर अफिसका तमाम कर्मचारीलाई तलब दिई अझै घरभाडा समेत तिर्न मिल्ने रकम आई रहेको पो छ कि ? नड। र मासुजस्तो गरी रहेका ब्रोकर र लगानीकर्तालाई किन छिन्न भिन्न पार्नु ? बदनियत् भएको छ भने पो कारवाही गर्नु पर्यो त !

यस्तो कुरामा बोर्डको किन टाउको दुखेको होला ? हो, ब्रोकरले सेयर बिक्रेतालाई समयमा रकम भुक्तानी दिएन वा समयमा डिम्याट खातामा सेयर पठाएन भने पो बोर्डले चासो राख्ने हो त । मैले बुझ्न नसकेको यस्तो काल्पनिक कुरा गरेर बोर्डले समय किन फालेको होला ? यदि ब्रोकरले कुनै लगानीकर्तासँग सेयर किनेको पैसा महिनौ दिनसम्म ताकेता नगरी धितोपत्र बिक्रेतालाई तोकिएकै समयमा रकम भुक्तानी गर्छ भने बोर्डलाई किन ‘खसखस’ लगेको हो ? यस्ता कुरामा लाग्नु सट्टा बोर्ड अन्य सुधारका काममा लागे हुन्न ? काम पाईनस् बुहारी गुन्द्रुकमा इस्त्री ला भनेकै यही हो ।

(राधा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button