चन्द्रागिरीको आइपिओ नपर्दा अनेकले अनेक भने
नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो, शेयरसयर । यदि तपाईं पनि शेयरसयरमा लेख्न चाहनु हुन्छ भने nepalnamcha@gmail.com लेख, टिप्पणी, टिप्स, अनुभव आदि पठाउने इमेल हो ।
शेयरसयरको पहिलो अंकमा चन्द्रागिरी हिल्स् परेको छ, जसले भर्खरै आइपिओ बाँडफाँट गरेको छ । तर, आइपिओ पर्नेभन्दा नपर्ने धेरै भए । र, सुरु भयो, त्यसप्रति अनगिन्ति टिप्पणीहरु । ती टिप्पणीमात्र होइनन्, तिनले शेयरबजारबारे नेपालीजनको मनोविज्ञान पनि प्रकट गर्दछन् ।
चन्द्रागिरी हिल्स्को आइपिओ नपर्दा कसले के भने ? जे भने, त्यसले शेयरबजार र खासगरी आइपिओको मात्र होइन, चन्द्रागिरीको लोकप्रियता पनि झल्काउँछ । र, झल्काउँछ, आइपिओ नपर्दाका पीडा व्यक्त गर्ने चुड्के शैली ।
क्या ! गज्जबको चुड्के छ, तल पढ्नुहोस् ।
मजस्तै हात खाली हुनेले कमेन्ट गरौ अनि हात भरी हुनेले लाइक ठोकौँ त ।
शोभा पाठक
गलफ्रेन्डलाई लगेर चन्द्रागिरी जान्छु भन्नेहरू कता गए ?
प्रकाश ऐर
होइन यो चन्द्रागिरीको आइपिओ क-कसलई पर्यो ? यसमा ब्यापक धाँधली भएको छ । छानबिन होस् ।
रमेश भट्टराई
चन्द्रागिरी शब्द सुन्ने, देख्ने बित्तिकै झनक्कै रिस उठ्ने मलाई मात्रै हो र ?
प्रकाश
म चन्द्रागिरी भन्छु, तपाईं स्वाहा भन्नुस ल ।
रविन बस्नेत
केवलकार त मनकामनाकै राम्रो ।
सिर्जना ज्ञवाली
चन्द्रागिरी हिल्स् लिमिटेडको आइपिओ परेन । अब सेकेन्डरीमा एक हजारसम्म पाए, पाँच सय कित्ता उठाइन्छ ।
हर्षद मेहेता
चन्द्रागिरीमा व्यापक धाँधली, छानबिन होस् ।
प्रकाश सुवेदी
आइपिओ परेन भनेर चन्द्रागिरीलाई सराप्नेहरुलाई कहिल्यै आइपिओ नपरोस् । कस्तो दुसित मन हो यार । अझै एक जना त मलाई जम्मा १० कित्ता पर्यो, ११ कित्ता परेन, मेरो त भाग्य नै रैनछ रे ।
चन्द्र गुरुंग
जब सेकेण्डरी मार्केटतिर रस बस्छ, तब आइपिओ परे पनि, नपरे पनि धेरै हल्लाखल्ला गर्न मन नलाग्ने हुँदोरहेछ । कोही हुनुहुन्छ अरु यस्तो ?
चन्द्रजंग शाही ठकुरी
चन्द्रागिरीको शेयर नपरेका जति भोली माईतीघर जानुपर्छ है ।
अकिल घिमिरे ।
अस्ति भर्खर चन्द्रागिरी पुगेर दर्शन गरेर फर्किएको, सजोंगले धन्न १० कित्ता त घुँडा धसेर परेछ मनै फुरुङ्ग हुने । जम्मा १० कित्ता आइपिओ परेरभन्दा पनि त्यत्रा आवेदकमध्येमा मेरै स्विकृत हुनुले गौरव लाग्दोरहेछ । नपर्नेहरुलाई हरेस नखानु अनुरोध गर्दछु ।
मेघराज पौडेल
चन्द्रागिरीको आपिओ ११ कित्ता परेको सप्रमाण यदि कसैले दिन सक्छ भने त्यो थप १/१ कित्ता बराबरको रकम पुरस्कार स्वरुप आपिओ पर्ने मित्रलाइ इसेवामार्फत प्रदान गरीदिने घोषणा गर्दछु ।
विनोद कार्की
भालेश्वार महादेवको कृपाले २ जनालाइ ११-११ कित्ता पर्यो है ।
मेघराज पुडासैनी
चन्द्रागिरी केबलकार त जिन्दगीमा चढिदैन !
किरण दवाडी
चन्द्रागिरीले दुखाएको मन निफ्राकले मल्हमपट्टि गर्दिन्छ अब ।
निश्चल अधिकारी
साँच्ची मनकामना केबलकारको आइपिओ आइसक्या छ कि छैन रु नत्र उताको आश गरेर चित्त बुझाउनु परो ।
विष्णु बजगाईं
के हो चन्द्रागिरी भन्ने ? जाबो दश त नपत्याउने ।
सौगात रिमाल
केबलकारको मालिक हुने सपना पुर्ण हुन सकेन ।
प्रशान्तजंग निरौला
चन्द्रागिरी हिँडेको, केबुलकारको तार नै चुँडियो भन्या ।
सीता नेपाल
आफुलाई चन्द्रागिरीको आइपिओ नपरेर दुख लागिरा’को बेला साथीको नि परेन छ अनि खुशी लाग्यो । साथीको परेको भए कम्ता दुख लाग्ने थिएन ।
शर्मिला बस्नेत