शेयरबजार एक नशा

अन्जन सिलवाल

पैसा मान्छेको जीवनको अमुल्य हिस्सा बनिसकेको छ । हुन पनि योबिना जीवन साह्रै नै संघर्षमय हुन्छ । त्यसैले पैसा कमाउन मान्छे रातदिन नभनी दौडिरहेका छन् । र, कति सफल छन् त कति असफल । यही कमाउने सिलसिलामा मान्छे शेयरबजारमा पनि लागेका छन् ।

शेयरबजार्, जहाँ मान्छे सरल र छोटो समयमा कमाउन सकिन्छ भन्ने भ्रम तर विश्वाससाथ सपना बोकेर छिरेका हुन्छन् । कतिका सपना सफल भएका छन् र हुन्छन् त कतिका असफल भएका हजारौंलाखौं कहानी हामी सामु छन् । यहाँ शेयरबजारमा यति कमाएँ, उति कमाएँ भन्ने मान्छे धेरै होलान् । तर, गुमाएका कहानी कि त रुखका लहरामा झुन्डिरहेका हुन्छन् कि त खोलामा बगिरहेका या त एउटै परिवारको सबैजना एउटौ छानामुनि हाँसीहाँसी सधैका लागि सास फेर्न बिर्सिरहेका ।

शेयरबजार एउटा खेलको मैदान हो, जहाँ थुप्रै खेलाडीहरु आआफ्नो क्षमता, दिमाग, रणनीति, टेक्निक, नलेज र इन्फर्मेसन लिएर खेलिरहेका हुन्छन् । र, खेलको नियम नै एउटाले जित्ने र अर्कोले हार्ने हुन्छ । यहाँ एउटाले गुमाउँछ र अर्कोले कमाउँछ । तर, त्यसको मतलव त्यही एउटाले सधै नै कमाउँछ र अर्कोले सधै गुमाउँछ भन्ने हुँदैन । बजारमा कमाउने र गुमाउने उपक्रम चलिरहन्छ, कसैले थोरै त कसैले धेरै । जसले धेरै कमायो, आफ्नै दिमाग लगाएर कमायो, जसले गुमायो, ठिक समयमा ठिक निर्णय अर्थात ‘राइट टाइम राइट डिसिजन’ गर्न नजानेर गुमायो ।

भन्ने सुन्ने गरेको छु, ‘मैले त बुढीको नाकको फुली पनि बेचेर या धितोमा राखेर पैसा शेयरमा लगाएको छु ।’ त्यसो गर्नु पनि एक किसिमले ठीकै होला । तर, त्यस्तो गर्नुअगाडि सोच्नुस् एकपल्ल्ट, ‘मैले साँच्चै नै राम्रो काम गरेँ त ?’ होला, एक छिन तपाईंलाई एकदम ठुलो पौरख गरेजस्तो लाग्ला । तर, श्रीमतीलाई कस्तो आभास हुँदो हो भनेर एकचोटी कल्पनामात्र गर्नुस् । मलाई त सम्झिदै आङ सिरिङ्ग भएर आउँँछ । यो सबैको अर्थ लगानी नगर्नुस् भन्न खोजेको होइन । तर, लगानी गर्दा विचार गरेर गर्ने गरौँ ।

केही सरल सुझाव र सल्लाहरु लिएर म अर्को श्रृंखला लिएर फेरि आउनेछु । त्यति बेलासम्मको लागि अन्तिममा यत्ति भन्छु, ‘सेफ एन्ड ह्याप्पी इन्भेसमेन्ट ।’


(अन्जन शेयर बजारका जानकार हुन् । उनले नेपालनाम्चामा शेयरबजारबारे नियमित लेख्छन् । तपाई पनि अन्जनले जस्तै शेयरबजारबारेका लेख, टिप्पणी र अनुभव नेपालनाम्चामा पठाउनु होला । nepalnamcha@gmail.com नेपालनाम्चको इमेल हो ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button