इन्टरनेट कनेक्ट गर्न नपाउँदै आइपुग्छ अर्डर गरेको खाना

राजेन्द्रमान डंगोल

आरामदायक कुर्सी र टेबलहरू सजाइएका । भित्तामा प्राकृतिक र सांस्कतिक सम्पदाका चित्रहरू कोरिएका । प्रजुल जोशीलगायतका युवा उद्यमीहरूले भर्खरैमात्र उघारेको आतिथ्यको दैलो हो, ‘कासा दी हङ्गर’ अर्थात् भोकको घर । अर्थात् नेपाली आतिथ्यमा समर्पित मेक्सिकन स्वादको एउटा सानो रेस्टुरेन्ट । ललितपुरको मानभवन सामुन्नेको गल्लिमा अवस्थित छ यो ।

पाहुनाहरुलाई भगवान् मान्ने संस्कार हो नेपालीहरूको । बोलीमा मिठास छ । फेरि अद्भुत आकर्षण छ, उनीहरूको स्वेत दन्तलहरमा । टेबलमा बसेपछि इन्टरनेट कनेक्ट गर्न नपाउँदै आइपुग्छ, अर्डर गरेको खाना ।

गत सेप्टेम्बर १९ का दिन सुरुवात गरेका हुन् उनीहरूले सत्कारको यो व्यवसाय । भोक लिएर भोकको घर पस्नेबित्तिकै आधा पेट भरिन्छ, उनीहरूकै मिठो मुस्कानले ।

स्वादिला परिकार । उचित मूल्य । अझ यो महिनाभरि ३० प्रतिशत छुटको व्यवस्था छ ।

युवा उद्यमीहरूले सुरु गरेको यो नवीन व्यवसायको सफलताको अनेक शुभकामना !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button