पुरुष ! तिमी पनि मेहेन्दी लगाऊ

अम्बिका घिमिरे

मेहेन्दीको रङ्गलाई प्रेम सम्बन्धको गहिराईसँग तुलना गरिन्छ । मेहेन्दीको रङ्ग गाढा बस्यो भने प्रेमीले गर्ने प्रेम पनि गाढा हुन्छ भन्ने चलन छ । त्यसैले होला, हातमा मेहेन्दीले प्रेमीको नाम लेख्ने चलन बढ्दो छ ।

हिन्दु धर्मालम्बीहरुले विवाह, नवरात्री, तीज, दीपावली, श्रावणजस्ता विभिन्न चाडपर्व र सँस्कृतिहरुमा मेहेन्दी लगाउँछन् भने मुस्लिम समुदायमा पनि विवाह, ईद आदिमा मेहेन्दी लगाउने चलन छ । श्रावणमा लगाउने मेहेन्दीको महत्व धार्मिक तथा साँस्कृतिक दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले पनि उत्तिकै छ ।

मेहेन्दी एन्टीसेप्टिक गुण भएको विरुवा हो । घाउ र अन्य चोटपटक लागेको ठाउँमा मेहेन्दी विरुवाको रस लगाउँदा ठिक हुने गर्छ । मेहेन्दी लगाउँदा छालाको रोगहरु निको हुने, तनाव नियन्त्रण हुने, शरीरलाई शितलता प्रदान गर्ने, टाउको दुखाई कम गर्ने जस्ता थुप्रै औषधीय गुणहरु पाइन्छ ।

यस्तो औषधीय गुण भएको मेहेन्दी महिलाले मात्र होइन, पुरुषले पनि लगाउनु उपयुक्त हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button