
मान्छे: भाइब्रेटिभ भुमराजको अफबिट क्लिक
। मान्छे ।
कविता शर्मा
पेशाले टुर गाइड भुमराज तिवारी साहित्य र पत्रकारितातिर पनि आक्कलझुक्कल देखिन्छन् । अधिवक्ता तिवारी देशका विभिन्न भागमा पर्यटन प्रशिक्षकका रुपमा दौडन पनि भ्याएकै छन् । तर, त्यसभन्दा पनि उनको चर्चा-परिचर्चा उनले फेसबुकमा लगातार पोस्ट गर्ने फोटो र भिडियोले हुने गर्छ ।
कहिले बोकासँग त कहिले भैंसीसँग समेत सेल्फी लिन पछि पर्दैनन् । गाउँशहरका बाटाघाटा, बोटबिरुवा र घाम-जुन, खानाका परिकार आदि इत्यादीसँग सेल्फी लिन भ्याएकै हुन्छन् । साथीसर्कलको मात्र होइन, जहाँ जो भेटिन्छ, उनीहरुसँग प्रसंग मिलाएर सेल्फी फोटोमात्र होइन, लाइभ सेल्फी भिडियो पनि लिइहाल्छन् । साइकलेसमेत रहेका तिवारी योगकलामा समेत उत्तिकै सक्रिय छन् । सकारात्मक सोच र व्यवहारले ओतप्रोत उनी अरुले के भन्छ भन्नेमा भन्दा आफुलाई के लाग्छ भन्ने कुरा मुख्य हो भन्छन् । हाँस्न, गाउन, नाच्न र घुम्न भनेपछि जहिल्यै तयार उनलाई उनका चिनेजानेकाले ‘भाइब्रेटिभ’ भन्न रुचाउँछन् । उनी जहाँ, त्यहाँ रमाइलो ।
तस्विर हेर्दा अराजक पनि लाग्न सक्छ कतिपयलाई । तर, अफबिट फोटो हालेका हाल्यै छन् । साना साना कुरामा खुशी हुनु उनकै शब्दमा ‘उनको अनित्य जीवनको नित्य दैनिकी’ हो । भन्छन्, ‘हरेक पललाई स्पेसल बनाउनु पर्छ ।’
सामान्य मान्छेलाई असामान्य लाग्ने गतिविधीलाई समेत फोटो र भिडियोमार्फत सार्वजनिक गर्ने र त्यसमा अत्यधिक रमाउने उनी भन्छन्, ‘कुनै कुरामा रिग्रेट छैन । भविष्यको चिन्ता नगर्ने मेरो स्वभाव हो ।’ र, यो यात्रामा उत्तिकै सहमत र साथ छन्, श्रीमती गौरी भट्ट र छोराद्धय डियर आरम्भ र अमूल्य । उनका परिवारका अरु सदस्य पनि उत्तिकै रमाइला !
जहिल्यै इनर्जेटिक देखिने उनै रमाइला पात्र तिवारीले उनको जन्मगाउँ नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित अमारेको माथिबारीबाट नेपालनाम्चालाई केही फोटो पठाए । हेरौं । रमाऔं ।















nice,, जे होस भुम जि रमाइलो र मिलनसार किसिमको हुनुन्छ