
कमल, जसलाई ‘हजार सपनाहरुको माया लागेर आउँछ’
आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा चर्चित पुस्तक गो अहेड तथा लेखनकुञ्जका अध्यक्ष कमल ढकाल ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई मन पर्ने भोक हो । टन्न भएपछि भोजनको के काम ?
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
आँखालाई आनन्द दिने कि ह्रृदयलाई ? कहिलेकहीँ आँखाले सुन्दर ठानेको कुरा ह्रृदयले मान्दैन
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई धार्मिक र मार्मिक किताब मन पर्छ । भूमिका श्रेष्ठको भूमिका फरक लागेको छ ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
कालक्रममा मन परेको मान्छे पनि फेरिदै जान्छ । माता पिता जसले जीवन दिनुभयो । प्रकृति देखाउनु भयो ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
बानी राम्रो भए रानी हुन पाईन्छ । यो उखान छ । मेरा राम्रा बानी मन पर्छन् ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
कुन नेता ? राजनैतिक कि आर्थिक, धार्मिक, सामाजिक ? फरक समयमा फरक मन परेको छ ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मनमा खुशी हरेक दिन चाड लाग्छ । बेखुशी हुँदा सबै चाड फिक्का । दशैको मर्म, धर्म र कर्म मन पर्छ ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
लेखन । बायोग्राफी लेखन । म यसमै रमाएको छु ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
खुशीको रङ्ग । हाँसोको रङग सबैभन्दा राम्रो लाग्छ ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
हजार सपनाहरुको माया लागेर आउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)