
म एक न दुई भएँ
लघुकथा: मनकाे पीडा
लतादेवी पाैडेल
प्रतीक्षालयमा उहाँलाई देखेकी थिईन ।
काठमाडौ उत्रिएर ट्रलिमा बसेपछि थाहा भयाे उहाँ बिराटनगर आउनुभएकाे रहेछ ।
भाेलिदेखि हुने कार्यक्रममा हामी काठमाडौ हिँडेका थियाैं।
४:३० उड्ने बुद्ध एर ५: ३० बजे उड्ने भनी विमानस्थल काउन्टर विराटनगरले जानकारी गराइएबमोजिम विममन उड्याे ।
उमा र म आम्नेसामने सिटमा पर्याैँ ।
विनाेद सर र उमा एउटै सिटमा परे ।
मुखमा माक्स लगाएका उनीहरूले एकअर्कालाई हेरेकाे मात्र देखियाे बाेलचाल गरेकाे देखिएन ।
माेबायलमा म्यासेज आयाे । हेरेँ उमाकाे रहेछ ।
किन ? मैले रिप्लाई पठाएँ । त्यसपछि प्लेन उड्याे म्यासेज आउने कुरै भएन ।
विनाेद सर बिराटनगर हुँदा उनीहरूका विषयमा गाइँगुइँ हल्ला चलेकाे थियाे तर वास्तविकता बारेमा काेही जानकार थिएनन् ।अरूकाे व्यक्तिगत कुरामा धेरै चियाेचर्चाे गर्ने कुरा पनि भएन ।
विराटनगरमा हुने सेमिना र गाेष्ठीहरूमा हाम्रो कार्यालयकाे तर्फबाट प्रायः उमालाई नै सहभागिता जनाउने अवसर मिल्थ्याे । उक्त कार्यक्रममा कार्यालय प्रमुखकाे हैसियतले विनाेद सरकाे उपस्थिति रहन्थ्याे ।
कार्यक्रमबाट फर्किएपछि ऊ विनाेद सरकाे प्रशंसा गर्न बिराउँदिनथी ।
२०७७ सालकाे नव वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि हुने मनाेरन्जन पनि हुने भनेर अफिसले आयाेजना गरेकाे पिकनिकमा उमा र विनाेद सर झुमेर नाचेका थिए ।
आज एक्कासी विनाेद सरलाई देख्दा पुराना कुराकाे याद आयाे ।
४५ मिनेटकाे हवाई उडानपछि हामी अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा अवतरण भयाैं । विमानस्थलबाट बाहिर निस्कँदा बेलुकीकाे ७ बजिसकेकाे थियाे । मङ्सिरकाे दिन झ्याप्प अँध्यारो थियाे धर्ती ।
आज कता बस्नुहुन्छ ? विनाेद सरले विमानस्थलबाट बाहिरिँदै गर्दा साेध्नुभयाे ।
उमाकाे मुख ताकेँ । जवाफ नआएपछि मैले नै भने काेटेश्वरमा दिदी हुनुहुन्छ त्यतै बस्छाैं ।
म ट्याक्सी बाेलाउँछु । त्यसैमा गए हुन्न ? हजुरहरूलाई छाेडेर म जान्छु विनाेद सरले नम्र निवेदन गर्नुभयाे ।
यस विषयमा उमा केही बाेलिन ।
विनाेद सरकाे विनम्र व्यवहारलाई मैले नकार्न सकिन । न्छ भनिदिएँ ।
बाटाेमा जाम थिएन । हामी पाँच मिनेट मै काेटेश्वर सुविधानगर पुग्यौं ।
“गुडनाइट रीताजी” । विनाेद सर हात हल्लाउँदै भक्तपुरतिर लाग्नुभयाे ।
आज किन माैन ? सुत्नेबेलामा एकान्त पारेर मैले उमालाई साेधेँ ।
विनाेद सरकाे सहयाेगभित्र ठूलाे स्वार्थ लुकेकाे रहेछ रीता । जुन स्वार्थकाे शिकार भएँ म । उहाँले गर्नुभएको सहयाेगका सामू आज उहाँका सारा गल्तीलाई चुपचाप सहन विवश भएकी छु ।
म चुपचाप रहनुकाे कारण यही हाे । जुन दिन विनाेद सरले मेराे इमानदारीताकाे फाइदा उठाउनुभयाे त्यसै दिनदेखि म उहाँलाई घृणा गर्छु ।
हँ !!
म एक न दुई भएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



