
एक प्लेट लाेकतन्त्र दिनु न !
लघुकथा: लाेकतन्त्र
डा. विदुर चालिसे
धन्यनामलाई देवी चढ्याे । सिमे, भुमे, कुल, कुलायन, चण्डी, काली, सारा देवी देवता जिउमै चढ्याे । उपनाम उफ्रेर बक्न थाल्याे ।
“म म !”
“तँ तँ !”
“म म ममा !”
“तँ तँ तँता !”
“धन्यनाम र उपनाम एक अर्काेलाई ओैंला ठड्याएर नाक नाकमा देखाएर एकै स्वरमा लान्छना लगाउन थाले ।
“तँ तँ तँता, तता तता, म म ममा,मता म त, मत जता !”
एकछिन दुवै राेकिए । काम्न थाले । कामेकाे टाउकाे लत्रन, मर्केकाे जिउ सर्कन र बाँउडिएकाे खुट्टा फर्कन थाले । अर्काे एक जना स्वनाम चक्रवातकाे जाेडले आएर थर्थराउन थाल्याे।
“मता, मता जता त्यता, यता उता, उता यता, त्यता त्यता, त्यता यता, मम मता !”
“काे काे कता, कता कता, त्यता यता, जता तेता, तता तता, बता कता ?”
नजिकै पिठाे मुछिएकाे थियाे । स्टाेभ भर्र्रर बलिरहेकाे थियाे । आलमारीबाट पानीकाे वाफ उडिरहेकाे थियाे । बाटाेमा हिड्ने दुनियादारले र्याल सिँगान बगाइरहेकाे श्रमिककाे नजिक पुगेर साेध्याे ।
“एक प्लेट लाेकतन्त्र दिनु न !”
बनाइरहेकाे लाेकतन्त्रकाे भाँडाेबाट तँतँ मम काे पानी छड्केर छताछुल्ल थियाे । श्रमिकले पसिनैपसिनाले पिल्सिएकाे लाेक तन्त्रलाई वाफबाट झिकेर सस लेप्दै भन्याे ।
“अचेलकाे याे मम खुब मिठाे छ !”
“म त, तँ त, तता तता, जता हावा उतै मता !”
एकहुल मान्छेहरू लाेकतन्त्रकाे नयाँस्वादमा स्वाद फेरिरहेका थिए।
“चाहियाे भनेपछि चाहियाे, चाहियाे ।”
ममवादी र तँतँवादीमा सडकमा फेरि सन्नाटा चढेकाे थियाे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)