दूईथरी तरकारीकाे सपना (पर्वतेली उपभाषिका)

बाबुराम पाैडेल
शंकरनगर, रुपन्देही

कसैका भाेज पार्टीमा गएर छानी छानी खान पाउनुबाहेक दूईथरी तर्कारी पाक्न सक्ने स्थिती बास्तवमा अब हाम्रा र हाम्रा जस्तै आय स्तर भएका कसैका घरमा पनि छैन। माछा मासु त झन् घरमा महीनाकाे १ किलाे ल्याएर छाला हड्डी समेत चुसेर खानी हाे, राेजेर मासु खान त कसैका भाेजमा जान पर्च भन्नी बिषयमा हिंजाे साँझ हाम्राे घर परीवारमा पनि घनिभूत र गम्भिरै प्रकारकाे बहस भयाे।

“के गर्नी ताे? गाउँ छाेडेर शहराँ बस्नी रहर लाओ, जग्गा जिमिन छैन ! घर घडेरीयाँ फलाउन सक्नी भनेकै सिजनमा तेई घिरम्लाे मात्रै हाे ! उ बेलाँ हाम्रा गाउँमा तेतिका जग्गा जिमिन भएर नि दाल पकाए तर्काली नपकाउनी, तर्काली पकाए तेसैमा झाेल हालेर समक्क आटाे, ढिंडाे मुछेर खान्थिम् र तनक्क एक बटुका मुई पिन्थेम् हाम्ले। सितन भनेकै तेई हाे, अलिकता दूध पनि हुन्ताे ! बर्षामास मात्रै हाे पहाडाँ तर्काली फल्नी! हिंउद भरीलाई मस्याैरा, सिन्की सुकेसाग बनाएर राख्नुन्ताे आमा भाउजूहरुले !” मैले आफ्नाे बिगत सुनाएँ !

अझै थपें, “उ बेला हाम्रा पालाँ कि त ब्यापूजा हुँदा भतेरमा, कित घराँ पाहुना आउँदा वा घरओ जहान बिरामी हुँदा अथवा केटाटीला मात्रै भात पाक्ताे! दाल र कबेली (फर्सी) काे तर्काली मात्रै हुनी ता ब्या पूजामा मात्रै हाे! टपरीयाँ दाल तर्काली संग समक्क मुछेर हस्याङ् फस्याङ् गर्दै भात खाँदा कम्ता मीठाे हुन्ताे र ? अचार भन्नी ता तेई केराकाे बुँगाे उसिनेर बनाउँते ! हैन अईलेया मान्छेका जिउरा के जाद्रै बिग्रेया हुन् र? दाल, एउटाे तर्काली, तेस् माथि चटनी हुँदा नि दुई थरी तर्काली चाईनी ? थैट! “बास्तबमा आफ्नै बारीयाँ फलाउन नसक्नी हाे भने बजार`ट किनेओ तर्काली २ थरी त के, एक थरी नि खान हुन्न। जति धेरै तर्काली खाओ तेती धेरै बिष खाईन्च ! महंगाे पैसा हालेर बिष केन खानी ? दाल पकाएर भाँगाओ, आलसकाे, बाईमेणाओ चटनी पिसेर सम्काएर भात खाएसी भएन ?” भनेसी परीवारका सदस्से अल्ली मथ्थर भए।

“कमाई न समाई दुई थरी तर्काली ?? बहालवाला मन्त्री, सचिब, घुस खान पाउनी अड्डाका हाकिम कर्मचारी, तष्कर, उद्याेगपति बाहेक भू.पू. मन्त्री सांसदले समेतले दुई थरी तर्काली खान नसक्नी जाे स्थिति आओ बुझिउ ? भू.पू. हरुले काठमाण्डुमा महल बनाए नि, कराेडाैं बैंक ब्यालेन्स, अरबाैंकाे सम्पत्ति जाेडे नि दूईथरी तर्काली खान पुग्दैन भन्छन्, खान्नन् उनिहरु! रिसुठ्नी…” भनेर म कडके पछि घरै भरीका जहान तैं चुप मै चुप भए।

म साेंच मग्न भएँ कि- वास्तबमा म जस्ताे रिटायर्ड अफिसरकाे घरमा त आज दुई थरी तर्कारी पाक्न सक्ने स्थिति छैन र एक थरी पकाउनै पनि बढाे सकस् छ। आम्दानी नहुने र जग्गा जमीनै नहुने, मजदूर बर्गका मान्छे, शहरका डेरावाल, गाउँमै जग्गा जमिन भएका किसानकै घरमा पनि मल पानीकाे ब्यवस्था नहुँदा र बाँदर लगायतका जीव जन्तुले उठीबास् लगाएर कस्काे घरमा पाे दुई थरी तर्कारी पाक्दाे हाे !? यही एक थरी मात्रै खान पनि भारतबाट बर्षमा १७ अरबकाे हरीयाे तर्कारी मात्र आयात हुन्छ रे ! श्रीलङ्का जस्तै भयाे भने के हुने हाेला नेपालीकाे भबिष्य ? कामै गर्दैनन्, थाेरै काममा धेरै कमाई चाहिने।दलाली र बिचाैलियाकाे बजार हस्तक्षेपले किसानले गरेकाे अलिअलि खेती पनि लागत नउठ्ने गरि बेच्नु पर्ने र उपभाेक्ताले चाैबर मूल्यमा किन्नु पर्ने स्थिति छ !

कर्णालीमा एक डल्लाे ढिंडाे डाेबेर निल्न नुन पाईन्न कहिले काहीँ! भात चाख्न पनि गाह्राे छ तेता! पेटभरी अन्न खान पाउनु भनेकाे त चाड पर्बमा मात्र हाेला!? दाल तर्कारी मिलाएर खान पाउनु त कर्णाली काे कर्मै हैन र पनि बाँचेकै छन् तेताका मान्छे ! हाम्रामा २ थरी तर्कारी चाईनी ??

मान्छे गम्भीर प्रकृतिकाे साेंचमा पर्दै गर्दा चिंउडाे माथि तर्फ फर्कने र आँखा सिलिङ पङ्मखामा पर्ने रहेछन्। पङ्खा भरी धुलाे जम्मा भएकाे देखें मैले ! मेरा फाेकटका भाषण सुन्न झ्याउ लागेर जाहान परिबार आ-आफ्ना काेठातिर लाखा पाखा लागि सकेछन्। मैले प्लाष्टिककाे कुर्चि माथि मुढा खापें र एउटा पुरानाे कपडा काँधमा राखेर स्टुलमा चढें !

स्टुल चढिकाे देखेर “ए ए, पख्नुस् पख्नुस् ताे- क्यार्न लाउन्वओ तपैंले हए ? ए….. लाैन कता छाै केटाटी हाे याँ बुवाले क्यार्न लाग्न्वओ लाै न ?” भन्दै उनी कराईन् !

काेठाबाट छाेराे निस्केर बाेल्याे- “ए ए मम्मी,मम्मी नछुनुस्, पुलिस केश पर्न सक्छ, म पुलिस्`ला फाेन गर्चु !”

“लाै न नि, तेई तर्काली किन्न नसकिनी भओ भन्दैमा झुन्नीन पर्ताे र ? के सन्की बुढाे हाेला हए ?” भन्दै झाँक हाल्न थालिन् बुढी !

हङ्गामा बढदै गए पछि बुहारी हरु पनि के हाे कसाे हाे भन्दै काेठा काेठाबाट निस्केर जम्मा भए। कल्याङ् कुलुङ् बढदै गयाे। तिन्का कुरा र हर्कत देखेर हाँसाे थाम्न सकिन मैले। पङ्खाकाे धुलाे पुछ्न हाँस्दै एस्साे हात बढाउँचु भन्दा त कुर्चि माथि राखेकाे मुढाे काेल्टे परेर घर्लम्मै लडें पाे ताे !

झस्लङ्गै बिउँझें म, पसिनै पसिनाले निथ्रुक्कै ! एसाे यता यता हेरेकाे खाटब`ट पाे खसेंचु ! धन्न काेठामा एक्लै रहेंछु र बिजेत भएन मेराे ! तराईकाे गर्मीले खपी खानु नभएर ब्यानकाे खान पिन पछि एसाे सिरानीमा काेल्ट्टे परेर फेसबुक चलाउँदै थें, फुस्लुक्कै निदाईएच। दिउसै यस्ताे सपना पाे देखियाे गाँठे, थैट !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button