हद म्यादभित्रै ‘यो’ कविता लेखेको हुँ

कविताः हद म्याद

पेशल आचार्य

जन्म
मृत्यु
रहर
क्रीडा
पीडा
र यात्रा
सबै सबैका
हद म्याद हुन्छन् ।

कसैका लामा
कसैका छोटा
भीमकाय तनका माझ समेत
अणु आकारमा सजावट् हुने
हद म्याद !

ताल र सुरमाझ
कर्ण प्रिय ध्वनि
ककर्शावाज
तुमुल स्वर शङ्खको
हिजो थियो वायव्य दिशामा
आज छ ईशानमा
भोलि रहने छ नैऋत्यमा !
हद म्याद भित्रै यो कविता लेखेको हूँ
जो हुकुम यहाँको !
त्याज्य होस्
या ग्राह्य !

मानवताका खातिर
सेवामा हाजिर छ
यो पर्ण कुटीबाट
खिल्खिलाएको
एक्लो वाणी
त्यो पनि हद म्यादै भित्र छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button