
रामलाल, हरिप्रसाद र कमलाबारे मोहनको मार्मिक ‘टिप्पणी’
व्यंग्य कविता: कठै ! मेरो समाजका सभ्य मानिसहरु
मोहन के. श्रेष्ठ
गरीब रामलाल सकिनसकी छोरो पढाउँछ
छोरो मेहनत गरी केहि पैसा कमाउँछ
थोरै सुख दिएकै हो रामलाललाई छोराले
वरिपरि छिमेकीदेखि आफन्तसम्म जल्छ
खोई कस्ले पो देखिसहेन, कुन्नि ?
एक दिन छोरो बाइक दुर्घटनामा पर्छ
अस्पतालको बेडमा छटपटिन्छ
अरु कसैले होइन, लाटोले बोल्छ
ठिक पर्यो बजियालाई
बडा शान दिएर बाइक चलाएर हिड्छस भन्छ
कठै ! मेरो समाजका सभ्य मानिसहरु ।
कमला दिदी थोरै आर्थिक कमजोर
लोग्ने बितेको, तर छोरी मेहनत गर्छिन्
काम राम्रै गर्छिन्
कमाई अनुसार चिटिक्क परेर हिँड्छिन्
छिमेकीदेखि सब कुरा काट्न थाल्छ्न्
कसरी मंहङा लुगा लाएर हिँड्छिन्
पक्कै उल्टो सुल्टो काम गर्छे होली भन्छन्
त्यति मात्र नपुगेर शरीर नै बेच्छिन् भन्छन्
देख्ने अरु कोहि होइननश, अन्धाले देख्छ
कठै ! मेरो समाजका सभ्य मानिसहरु ।
हरिप्रसाद गाउँमा हातमुख जोड्न गाह्रो भएपछि सहर सर्छ
मेहनत गरी घर जोड्छ
गाउँको ठग रामप्रसाद हरिलाई भेट्न पुग्छ
हरिको घरमा बस्नुसम्म बसेर खानुसम्म खाएर हिँड्छ
हिँड्ने बेलामा अझै पैसा सापटी माग्छ
ठग्न मागेको सापति नदिएपछि रिसाउँछ
गाउँमा पुग्ने बितिकै हरिप्रसादको खबर गाउँलेलाई भन्छ
चोर छ त्यो हरिप्रसाद भनेको कुरा
अरु कसैले होइन, बैरोले सुन्छ
कठै ! मेरो समाजका सभ्य मानिसहरु ।
अचम्म !
लाटो बोल्ने, अन्धो देख्ने, बैरो सुन्ने
उल्टा सिधा कुरा काटेरै दिन बित्ने
कठै ! मेरो समाजका सभ्य मानिसहरु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



