महिला सबै आमा समान

शेरबहादुर ढुङ्गाना
सङ्खुवासभा

त्यति याद छैन, कुन दिनदेखि लजाउन थालियो । यति भने याद छ, चार कक्षा पढ्दा भर्खरै विवाह भएका लालबहादुरलाई जिस्क्याउँदा उनले बालक झै बोकेर मलाई फन्फनी घुमाउँदा लाज छोइए जस्तो लाग्यो । कति आग्रह गरे । माने त मर्नु । फुत्किन सक्ने ताकत आफुमा थिएन ।

अलि अलि माया गर्न सिक्दै गर्दा कपाल सुम्सुम्याउँदै भनिन्, अब अन्त नहेर्नु, म छु ।

हस्मा टाउको हल्लाएँ । त्यसो त पढाईमा तल्लिन आफूलाई कुनै कन्याको कपालको कस्तो बास्ना हुन्छ, जानकारी भा’को भा’ जे कसम खान मन्जुर ।

एसएलसीपछि जागिरमा पसियो । निजामति ईमानको चालीस वर्षे सुरूङ् पसेुसी त्यसैलाई शीरमा राखियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button