
खाजा खाउँ ? नखाउँ
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
सहरमा कामहरू ऐसै गरियाे । चिया-खाजा खाने समय भाे । भेट भए दलका नेता, वडा अध्यक्ष पनि !
चिया खाजा पसलमा खाजा खान पसियाे । थपिए शिक्षक पाेखरेल पनि !
केही दलका नेताले चिया नखाने भने । कविता हाेटलमा दुध चिया खानेमा पर्याैं- तीनजना आफन्त !.
एक जना सर छेउमा आएर बसेर ‘ल चिया खाउँ’ भने ।
पसलेले चिया थपे । हामीले ‘नि चिया खाई सक्याैं ।
सर चुपचाप उठेर जानु भाे !
भनाैं- पैसा तिर्ने मन गर्नु भएन वा याे उहाँकाे नियमितता थियाे !
हामी उठ्याैं । अर्काे अफिसमा काम थियाे । काम परेकाले गयाैं । खाजाकाे समय खाजा खाने कुरा भाे ! तीन मध्ये एकले खाजा ‘नि खाउँ ? भने । मैले चिया मात्र खाउँ भनें । याे भनेकाे जालबाट माछा फुत्कनु रहेछ !
तीन जनाले चिया खायाैं । पैसा तिर्न उहाँहरू अनिच्छुक रहेकाे प्रष्ट देखियाे । धन्न महङ्गाे खाजामा डाँडिनु परेन भगवान् !
सिकेकाे शिक्षा भनेकाे ‘खाजा खाउँ भन्दा नखाउँ’ नै खर्चबाट बँच्ने अचुक बाण रहेछ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)