
पाउमै झरेर पनि जरा काट्दै हिँडेको मन पर्दैन
रञ्जु तेन्चिपा राई
कालिम्पोङ्ग, भारत
मान्छेको मान्छेसँग परिचय हुन्छ । बात हुन्छ । एक अर्काले खुशी महसुस गर्छ । त्यसपछि कत्ति जना कहिले नभेटिने गरी छुट्टिन्छ । कतिलाई कहिले कतै भेटिँदै गर्छ भने कत्ति जना नजिक भएर कुनै पनि साईनो लिएर आत्मियतामा सम्मिलित हुन्छन् । दुखसुखमा साथ निभाउँछन् ।
दिनदिनै ऊ धेरै नजिक बन्दै जान्छ । भरोसा र विश्वास पनि जित्दै जान्छ । र, उसले पनि आफूलाई पनि त्यही नजरले हेर्छ भन्ने लाग्न थाल्छ ।
त्यसरी नै समय बित्दै जाँदा कुन दिन उसको कि आफ्नो दिन बिग्रिन्छ, कुनै कारणवश् सम्बन्धमा खटास आउँछ । ऊ आफू त दूधले नुहाउँछ । तर, अर्कालाई दोषको खाडलमा डुबाउँछ । ल, त्यो पनि ठीकै छ । विश्वासघात गर्नु भनेको विश्वास गर्ने मान्छेको नजरबाट झरेर पाउमा पछारिनु हो । त्यो पनि ठीकै छ ।
तर, पाउमै झरेर पनि जरा काट्दै हिँडेको देख्छु, त्यो चाहिँ मलाई सारै मन पर्दैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



