शुरुमा विद्यार्थी अनि साथी र क्रमश: प्रेमिका बनिन्

गन्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीलाई उनको पहिलो प्रेमबारे ५ प्रश्न ।

१. पहिलो प्रेम सम्झनु हुन्छ ?
सम्झन्छु ।

२. त्यो कहिले भयो, कसरी सुरु भयो ? कस्तो थियो ?
कतिबेला भाे त थाह भएन । त्यस ताक म आइएमा थिएँ, दाेस्राे बर्षमा । म पढाउँथें तिनीलाई । शुरुमा ट्युशन फि लिएर पछि नलिएर । शुरुमा विद्यार्थी अनि साथी र क्रमश: प्रेमिका बनिन् । अत्यन्तै आत्मीय थियाे प्रेम ।

३. त्यसको सम्झनाले अहिले तपाईंलाई कस्तो अनुभुति हुन्छ ?
त्यस प्रेमकाे सम्झनाले मात्रै पनि उत्साह भरिन्छ र जीवनमा आशा जाग्छ ।

४. त्यसपछिका प्रेमसँग त्यो पहिलो प्रेमको तुलना गर्नु हुन्छ बेला बेला ?
पछि प्रेम भएन, प्रेमाकर्षण मात्र रह्याे । विवाहपछि गृहस्थ जीवनकाे प्रेम शुरु भाे ! जिम्मेवारीबाेधका साथ । तुलना त गर्दिन तर सम्झन्छु मुटु निचाेरेर !

५. त्यो पहिलो प्रेमलाई सम्झेर केही सन्देश छ कि ?
हामी दुवैले प्रेमका रथ चलाउन सकेनाैं, पृथ्वीकै दुई गाेलार्ध्दमा छाैं । सबैले प्रेम गर्नुहाेस् र सुखले बाँच्नुहाेस् । जीवन नै प्रेममय छ, प्रत्येक दिन प्रेमाेत्सव हुन्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button