जब विवाह भयो अनि प्रेमको अर्को श्रृंखला शुरु भयो

पेशाले स्पेनिस भाषाका टुर गाइड हुन् उनी र नेपालनाम्चामा बेलाबला अनेक विषयमा लेखिरहन्छन् पारसमणि घिमिरे । उनको पहिलो प्रेमबारे पाँच प्रश्न ।

१. तपाईंको पहिलो प्रेम सम्झनु हुन्छ ?
सम्झन्छु ।

२. त्यो कहिले भयो, कसरी सुरु भयो ? कस्तो थियो ?
त्यो वास्तवमा स्वाभाविक आकर्षण थियो अनि एक पक्षीय थियो ।

३. त्यसको सम्झनाले अहिले तपाईंलाई कस्तो अनुभुति हुन्छ ?
वास्तवमा नै रोमान्चित बनाउँछ ।

४. त्यसपछिका प्रेमसँग त्यो पहिलो प्रेमको तुलना गर्नु हुन्छ बेला बेला ?
त्यसपछि खासै अविस्मरणीय त्यस्तो भएन तर जब विवाह भयो अनि प्रेमको अर्को श्रृंखला शुरु भयो ।

५. पहिलो प्रेमलाई सम्झेर केही सन्देश छ कि ?
त्यो साँच्चै धेरै अगाडिको कुरा भयो । त्यो पछाडि कुनै सम्पर्क केही छैन । उनी जहाँ, जता भए पनि राम्रो होस् भन्ने हार्दिक कामना ।

Advertise
Hike & Write


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button