
शेरबहादुरभन्दा कान्छाे सङ्खुवासभा
‘सङ्खुवासभा’ मभन्दा कान्छाे छ
शेरबहादुर ढुङ्गाना (अधिवक्ता)
हामी सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीमा जन्मी- हुर्कियाैं । देश-संसार देख्याैं । गाउँलाई खाँदबारी नगर बनाउन २०५३ मा सफल भयाैं । त्यसाे त हाम्राे जिल्लाकाे नाम ‘सङ्खुवासभा’ मभन्दा कान्छाे छ ! याने यसकाे अब ६१ औं जन्माेत्सव मनाउन लागेका छाैं !
भतिजले मेहनतले प्यार गरेकी सहपाठी सुकन्यासंग विवाह भाे ! ढुङ्गाना परिवार जम्मा भयाैं । बुहारीकाे ‘नागरिकतामा भतिजकाे नाम राख्दा नाता प्रमाणित भई हाल्छ’ भन्ने भाे । प्रशासकीय डाँडामा गयाैं । न्यूनतम् प्रक्रियापछि फाँटमा सनाखत भाे । भतिज अनि बुहारीले सही गरे । दुबैले बुहारीकाे कपालमा औंलाकाे कालाे पुछें । नदेखे झैं गरें !
सिडियाे सा’व अगाडि उभियाैं । कागजात कानूनसम्मत, चिने जानेकै थियाे । कागजहरू आफैं बाेले। ‘सहाेदर पत्नी भएकाले सनाखत गर्दछु’ भनी लेखेमाथि उहाँले डाडाे प्रमाणित सही गरिदिनु भाे । फाँटमा नागरिकता बन्याे !
हामी तिनैजना निस्केर उत्तर घरतिर लाग्दै गर्दा भनें- एकचाेटी पढ! हातमा परेकाे कागजात हेर्नुपर्छ- केही छुट्याे कि ?
नागरिकताकाे शीरमा जिल्ला प्रशासन कार्यालय, संखुवासभा लेखेकाेमा जिल्लाकाे नाम ‘सङ्खुवासभा” लेख्नुपर्ने थ्याे भनिन् !
‘६ दशकदेखि शुध्द लेख्ने अभियानमा छु’ भनें । नाजवाफ/दाैराकाे फेर तानेर चुपचाप हिंडें !
‘सङ्खुवासभा जिल्लाकाे नाम पनि अशुध्द लेख्ने अनि ‘सहाेदर’ पत्नी वाक्य प्रमाणित गरेर नागरिकता दिने ‘सङ्खुवासभा’का सिडियाे !’, भनिन् पढालेखा सरकारी जागिरे दुलहीले !




