पारिजातको फूलमा उभिएको इन्द्रजात्रा

इन्द्रकी आमा अदितीले पुजा गर्नको लागि पारिजातको फूल ल्याउन इन्द्रलाई भनिन् ।

उनले ध्यानदृष्टिले हेर्दा टुँडिखेलमा पारिजातको बोट देखे । खेत कमाउने मान्छे तान्त्रिक थियो । उसले फूल टिप्न भनेर टुँडिखेलमा आएका स्वर्गका राजा इन्द्रलाई देख्यो । उसलाई स्वर्गका राजा फूल चोर्न लागेको देखेर रिस उठ्यो र समातेर रुखमुनि बाँधेर सवैलाई बोलायो । यो पृथ्वीलोकको कथा भयो ।

स्वर्गमा राजा नभेटिए पछि हाहाकार मच्चियो । चौध भुवन खोज खवर गर्दा पनि राजा नभेटिएपछि पृथ्वी लोकमा खोज्न बाँकी थियो । स्वर्गबाट पहिला ऐरावत हात्ती पृथ्वीमा आयो र सँगसँगै भैरबहरु पनि आए । दिनभरि खोजे । भेटिएन । त्यसपछि पृथ्वीवासीले बत्ती बालिदिए ।

परापूर्वकालदेखि यसरी चलिआएको इन्द्र खोज्ने परम्परा आजसम्म इन्द्रजात्राको रुपमा कायम छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button