मृगेन्द्रशम्शेरको गोरो अनुहार तनावले गर्दा रातो भएको ऊ देख्दथ्याे

‘बाबू, तुमीहरु द्याैता रै´ छ ! हामी पापीले त्यस्ताे दु:ख दिँदा पनि हामलाई यस्ताे गुन लायाे ।’

तलतिरकाे काम सकी, दाँत माझी मुख धाेई गर्दा २०-२५ मिनट लागिहाल्याे । त्यसबीच पनि ऊ दक्षिणपन्थी काँग्रेसी गृहमन्त्रीले पुनरुत्थानवादी-प्रतिक्रियावादी आठपरिया जमात गाेर्खेदले राणा भरत शम्शेरलाई छाडीदिएकाे र सिँहदरबार फुटबलकाण्डपछि सुरक्षा कानून लगाएर एकसमयमा आफ्नै दल नेपाल राष्ट्रिय काँग्रेसका सम्मानक अध्यक्ष टङ्कप्रसाद आचार्य, ने रा.काँ. का महासचिव प्राे. ऋषिकेश शाह, नेपाल साँस्कृतिक संघका महासचिव शङ्करप्रसाद जाेशीलाई समातेर थुनेका र साही फुटबलकाण्डमा नेपाल फुटबल संघका कार्यसमिति सदस्य ने. साँ. संका सहायक सचिव कम्युनिष्ट सक्रियतावादी चन्द्रधर उप्रेतीलाई स्वयं नेफुसंका कास सदस्य रहेका IGP नरशम्शेर राणाद्वारा मरणासन्न अवस्थामा पारी चुट्न लगाएका घटना सम्झिरहेकाे थियाे ।

फुटबल काण्ड नेपाल कल्चरल एशाेसिईशन टीम तथा न्यू राेडकाे एन.आर.टी बीच भएकाे राेमाञ्चक खेलमा अम्पाएर महेन्द्रबिक्रम शाहकाे झेली निर्णयका कारण हुनगएकाे थियाे । अम्पाएर काँग्रेसी नेता र नेकए टीम डिल्लीबजारकाे भएकाेले ‘काँग्रेसविराेधी कम्युनिष्टसमर्थक’ भईहाल्याे! अनि त के चाहियाे, त्यतिबेला काँग्रेस- कम्युनिष्ट घनघाेर स्वदेशी ‘शीतयुद्ध’काे वातावरणमा ।

अरु कुरा, राजनीतिमा पक्राउ र छाेडकाे खेला । तर देशकाे राजनीतिमा ठूलाे दुर्भाग्य र सङ्कट आइपरेकाे थियाे । सुरक्षा कानूनविरुद्ध सम्युक्त विद्यार्थी संघर्ष, पुलीस बर्वरता, विद्यार्थी चिनियाँ काजी हत्या र त्यसबाट उत्पन्न कुटिल राजनीतिक चलखेलबाट सम्युक्त सरकारकाे पतन गराई विप्र काइरालालाई राजनीतिक सत्ताबाट कुना लगाउने भारतीय सत्ता अभिप्राय सफल हुनपुग्याे । अनि त त्रिपक्षीय सम्झाैताले ‘अनुमति दिएकाे’ भारतीय हस्तक्षेप सुविधा पनि अपुग भई स्वच्छन्द भारतीय हस्तक्षेपकाे बिगबिगी !

अहिले पछिल्तिर फर्केर हेर्दा त्यतिबेलाकाे कम्युनिष्ट राजनीतिक दृष्टिकोण नेकाँ तथा गाेर्खा दलप्रति त्यस्तै थियाे, राजनीतिक घटनाक्रमचाँहि शतप्रतिशत त्यही ।

त्यसबेलाकाे काँग्रेसी गुन र गाेर्खा परिषदकाे १७ सालीय गुनकाे लेखाजाेखा त्यस कालखण्डमा हुने त कसरी र ? परन्तु अहिलेकाे वर्तमाबाट हेर्दागर्दा विप्र निर्णयले हिँस्रकप्रवृत्तिकाे काेरा, Karl Marx का कालजयी शब्दाबलीकाे प्रयाेग गर्दा, lumpen हुलदङ्गा खाले जमातलाई आफ्नै ध्येयका लागि पनि शान्तिपूर्ण, सङ्गठित, नियमबद्ध राजनीतिक दलमा परिवर्तन गर्न-गराउनचाहिँ, निश्चितरूपमा सघाएकै हाे । त्यसैले त यतिखेर उसका जर्सा´ब गाेर्खा परिषदका एक उच्च नेतामा रूपमा यस कथामा चर्चित भएका हुन् । यद्यपि हालसालै उनका पुत्र, पूर्व सांसद, नेकाँका एक नेता सागर शम्शेरले आफ्नाे दाेस्राे इतिहास पुस्तक Kingdom Lostकाे पाण्डुलिपीय चर्चा चल्दा भरतलाई अराजक, हिँसवादी नभई कृषक समुदायप्रति सहानुभूति राख्ने, माेहनशम्शेर शासनकालका कृषिमन्त्रीसरहका कृषि डाइरेक्टर बताएकाे पनि ऊ सम्झिन्छ । अङ्ग्रेजीमा एउटा भनाई छ: He may have his benefit of doubt!

अरु विशेष कुरा त उसले अघिल्लाे कथामै व्यक्त गरिसकेकाे हाे ।

कहाँकाे कुरा, कहाँ ल्याएर जाेड्ने उसकाे ‘खुबी’ पनि ऊ उनै ‘कान्तिपुर’ दैनिक संस्थापक श्याम गाेयेन्काले शुरु गरेका ‘विश्वमित्र’ पाक्षिकमा २०५२-३ मा ऊ सम्पादक भई कार्यरत हुँदा कुनै एक पाठकले आफ्नाे प्रतिक्रियामा गरेकाे यस्तै टिप्पणी पनि उसले यतिखेर नसम्झिरहन सकेन ।

अनि तलबाट फर्केर आउँदा धूप कोठाको भित्ताको कुनै प्वालमा अडाइएको थियो । यता जरसा´ब उसकाे ओछ्यानको चारैतिर डी.डी.टी. पाउडर छरेर उसलाई बिहानको खाजा खान पर्खिरहका थिए । उनको खाजा आँखा नै तिर्मियाउने गरी टल्केका चाँदीका भाँडाहरूमा ल्याइएका थिए, बबरमहलबाट । त्यहाँ उसले कुनै देखावटिपन र औपचारिकता पाएन । सहज मानवीय भाव र स्नेह थियो । ऊ पनि प्रभावित भयाे र सँगसँगै बसेर बिहानका खाजा खायाे, यत्तिकैमा उसकाे घरबाट भाइ कुमार र भतिजा कल्याणले सँगसँगै तात्तातो चिया-जिलेबी ल्याए, उसकी मधुले पठाएकी । उनीहरूको साथमा स्यानो भतिजा विमल पनि कौतूहलबश उसलाई हेर्न आएको थियो ।

उसले पनि शिष्टाचारपूर्वक जर्सा`बलाई एक कप चिया र दुईटा जिलेबी, Would you mind, Generalsahib भनेेर अघि बढायाे । उनले सहर्ष स्वीकार गरेर खाए । अनि खाँदाखाँदै उनले उसलाई अङ्ग्रेजीमै सोधे: ‘By the way, Arabindji, is this tea brought from Laptanko Hotel ?’ (के यो लप्टनको होटेलको चिया हो ?) उसले पनि अङ्ग्रेजीमै बतायाे: ‘No, no, this tea is homemade !’ (होइन , होइन , यो घरमै बनेको चिया हो! ।)

‘And, Generalsahib, why did you mention Laptanko Hotel ?’ (किन लप्टनको होटेलको कुरा ल्याउनुभएको ?)

उनले भने: ‘Well, I wanted to know about this place since a long time.’ (म धेरै अघिदेखि यो ठाउँको बारेमा जान्न चाहन्थेँ) । अनि गम्भीरतापूर्वक उनले सोधे: ‘What is the phenomenon of this much talked- about political club ? What are its specialities ?’ (अनि यो राजनीतिक कल्बका विशेषता के हन् ?) उसले भन्दैगयाे: ‘The phenomenon or the speciality of this place is openness, characteristic of the new time and which is its majestic simplicity ,too!’ ( यसकाे विशेषता भन्नू नै नयाँ जमानाकाे खुलापन हाे, यही नै यसकाे सहज- स्वाभाविक भव्यता पनि हाे)

जर्नेल मृगेन्द्रले पनि विस्मयपूर्ण स्वरमा भने: ‘Well, that must it so, as you said! openness, simplicity, majestic ! Otherwise, how could an ordinary tea-shop attract so much public attention.’ (होला, यहाँले भन्नुभए जस्तै होला । नत्र एउटा साधारण चिया पसल किन यतिविघ्न आकर्षणको थलो कसरी हुनसक्थ्याे हाेला!)

हनुमानढोका थानामा थुनिंदा दुई -चारवट घटनाहरूलाई ऊ आज पनि झल्झली सम्झिरहेथ्याे । काठमाडौं जिल्ला मजिस्ट्रेट कार्यालय त्यही भवनभित्र थियो । दिनको एक पटक मजिस्ट्रेटबाट मुद्दाको सुनुवाई भन्नेकि सवाल-जवाफका लागि बोलवाट आउँथ्यो । त्यस्तो बोलावटमा जानुपर्दा मृगेन्द्रशम्शेरको गोरो अनुहार तनावले गर्दा रातो भएको ऊ देख्दथ्याे । उसलाई बोलावट आउँदा उचाहिँ सहजढङ्गले जाने गरेका देख्दा उनी अलि छक्कै पर्दथे । त्यसपछि उनीहरुलाई राखिएको कोठामा दिनभरिजसाे पुलिसजवानहरूको आवतजावतले गर्दा भीडभाड नै रहन्थ्यो । तल कुनै कोठाबाट कहिले पुरूष कैदी त कहिले महिला कैदीको चित्कार सुनिन्थ्यो, तिनीहरूलाई पिटेको आवाज पनि सुनिन्थ्यो । त्यसबाट दुवैकाे मन पनि दुःखी हुन्थ्यो । अनि उनीहरु दुबैजना एकै समय एकअर्कोको अनुहार हेर्न पुग्दथ्ये । आफूलाई सकेसम्म शान्त राख्न उनीहरु दुबै धेरैजसो समय पढ्नमा व्यस्त रहन्थ्ये । मृगेन्द्रशम्शेरले कुनै ठूलो पुस्तक लिएका हुन्थे भने उसँग अङ्ग्रेज उपन्यासकार चार्ल्स डिकेन्सले फ्रान्सको राज्य क्रान्तिबारे लेखेको ऐतिहासिक उपन्यास A Tale of Two Cties र कार्ल मार्क्सको विश्वविख्यात कृति The Communist Manifesto भएको ऊ झल्झली सम्झन्छ। पुलीस जवान तथा अफिसर उनीहरुबीचकाे सद्भाव देख्दा चकितै पर्दथ्ये ।

कस्ताे अचम्म भने, राजनीतिक मान्यताका कारण उनीहरु एकअर्काप्रति घाेर विमति वा शत्रुतापूर्ण धारणा राख्दाराख्दै पनि उनीहरू एकअर्काप्रतिकाे व्यवहारमा कुनै पूर्वाग्रह वा दुराग्रह आएन । परिस्थितिले गर्दा उनीहरु दुबैजना राज्यबाट पीडित पक्ष थिए। तसर्थ त्यहाँ निजी ‘वाद’को कारण एकअर्काप्रति दुर्व्यवहारकाे लागि कुनै ठाउँ थिएन । त्यहाँ ठाउँ थियाे त केवल मानवीयताकाे ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button