मुसाको फोटो झुन्ड्यायो युवाले

लघु कथा: एउटा कथा

कविता केशरी
विराटनगर

आफ्ना घरका तगारामा मुसाको फोटो झुन्ड्यायो युवाले ।

फोटो हेरिरहेको युवालाई बटुवाले सोध्यो, ‘भाइ, यो फोटो किन तगारामा राखेको ? यसको अर्थ के हो ?’

युवाले भनेछ, ‘अर्थ थाहा छैन तर मेरा साथीले यसै गरेका छन् । त्यसैले मैले पनि गरेको ।’

बटुवा घुम्दै गएछ । प्राय सबै युवाका तगारामा मुसाको फोटो झुन्डिएको देखेछ । कारण के हो भनेर बटुवा ठूलो चिन्तामा परेछ ।

अर्को दिन बटुवा युवाहरूको ठूलो भेलामा पुगेछ । जहाँ मुसाको फोटो सबैले तगारामा राख्नु पर्छ भन्ने विषयमा प्रचारप्रसार भैरहेको रहेछ । बटुवा भिडबाट छिरेर वक्ताका अगाडि पुगेछ । सोधेछ, ‘मुसाको फोटो तगारामा किन झुन्ड्याउनू ?? कारण के हो पहिला त्यो भन्नु पर्यो ।’

वक्ताले जवाफ दिएछ, ‘यत्रा दुनियाँ युवाले गरेका छन् त्यसैले हामीले पनि गरेका हौँ । कारण भने सोधिएन पनि थाहा पनि छैन ।’

बटुवा झन छक्क परेछ । फेरि सोधेछ, ‘बिना कारण सवैले गरेका छन् भन्दैमा जे पायो त्यही गरेर हिड्ने युवा कि अन्धो तिमीहरू ?’ बटुवाले भएभरको रिस पोखेछ ।

वक्तालाई पनि असजिलो लागेछ । अनि भनेछ, ‘ए साथी हो साँची के कारण हो थाहा छ ? सबैले घरका तगारामा (गेट)मा मुसाको फोटो किन राख्छन् ?’

‘सामाजिक सञ्जालमा भेटेको हो, खै कसले हामीलाई उल्लु बनायो ?’, सबैले एक स्वरमा भनेछन्, ‘कारण त थाहा भएन ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button