प्रतिनिधिको रुपमा मेरो मत

शम्भु पौड्याल

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं केन्द्रीय महाधिवेसनको तयारी र सम्पन्न हुन गईरहेको अवस्थामा अध्यक्ष र अन्य पदमा निर्वाचनमा जानेक्रममा प्रतिनिधी साथीहरुमा कसलाई समर्थन गर्दा आउने दिनमा संघको स्थायित्व, गतिलिशता, योजना, अन्यकार्यले गर्दा व्यवसाय गर्दैै गर्दाको समस्या समाधान कुन नेतृत्वबाट बढी काम हुन्छ भनि मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ ।

सोचनीय कुरा मनन गर्नुपर्ने हामी प्रतिनिधि हाम्रोलाई होइन राम्रोलाई जिताउनु पर्ने वेला हो यस्तो अवस्थामा यो महाधिवेशसनमा विभिन्न आदरणीय व्यक्तिले नेतृत्वलार्य दावि गरी रहँदा यसलाई व्यक्तिगत रुपमा लिएर पर्दा बाहिरभित्र राजनैतिक दलले जस्तो चाल चल्नु भएन । यो एउटै परिवार भित्रको कुरा हो ।

यस्तो अवस्थामा एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ । यसरी महाधिवेशनमा हामी प्रतिनिधि साथीहरुले विभिन्न पदका उम्मेदवारको पक्षमा समर्थन गर्दैमा अर्को पक्षले दुःख र अपहेलनाको नजरले हेर्नुभएन, जसरी चुलो बाल्ने बेला अगेनोमा वामन तयार गरेमा दाउरा एकअर्काका ठोसदामात्र ताप चापको कारणले राम्रो तरिकाले आगो बलेपछि मात्र राम्रो खाना तयार हुन्छ, यसरी घरभित्र कै सदस्यले नेतृत्व लिन खोज्दा हामीले सर्वसम्मत नेतृत्व खोज्नु पर्दछ ।

यसरी आफ्नो सदस्यलाई हराउनु खोज्नु आफु हार्नु हो । आफ्नो कमाई, आम्दानी कसैलाई पनि सस्तो हुँदैन । सस्तो भनेको त अर्काको कमाई मात्रै हो । आफूले गरेको खेतिपाति आफूले लगाएको विरुवा आफ्ना छोरा छोरी सबैलाई राम्रा हुन्छन्, रजाई गर्ने भनेको अर्काको कमाई मात्रै हो, भनिन्छ छालामा स्यालको रजाई ।

हालसम्मको १४ औँ महाधिवेसनको अवसरमा यो संघले १३ जना अध्यक्ष पाएको अवस्थामा हामी व्यवसायी कर्ताले पाएका अवसर व्यवसायिकताको इतिहासमा मुल्यांकन अवस्य होला, यसरी बढ्दै गर्दा, हालको महाधिवेसनमा अध्यक्ष पदमा दावि गरी रहँदा श्री धन अधिकारी पाण्डेले यस संघको गतिशिलता र संघको स्थायीत्वका निम्ति भूमि दान गर्नु भएको छ । यो तारिफ योग्य छ । यसरी घरभित्रको सदस्यले यस संघको लागि भूमि दान गर्दा केही व्यवसायभित्र खुलेर विरुद्ध गर्नु, गम्भिर कुरा हो । त्यो जग्गाको बारेमा आवश्यक विवादमा ल्याएर, दातालाई मानसिक तनाव दिने कार्यमा साथीहरु प्रतिनिधिलाई नचाहिने गफबाट प्रभावित गर्न खोज्नु वहाँहरुको क्षमतामा नाङ्गोपन देखिन्छ । यो एक किसिमको प्रायोजित देखिन्छ । हालको अवस्थामा यो जग्गा भएको स्थानीय निकायबाट, सोधपुछ गर्दा सम्पूर्ण कानुनी प्रकृया पूरा गरी कानुन सम्बन्धत भवन बन्छ । यो जानकारी लिन हाम्रो सवै सदस्य सक्षम छौँ ।

यसरी विभिन्न प्रपोगाण्डा मच्चाएर, साम दाम दण्ड भेद प्रयोग गरेर अध्यक्ष पदमा दावि पेस गर्दैगर्दा महिला भएकै कारण रोक्न केही व्यवसायभित्र अगाडि देख्दा लाजको अनुभूति हुन्छ । यो गलत हो । चुनावबाट तय हुने हुँदा यो अधिकार हामीमा प्रतिनिधिमा सुरक्षित छ । जबसम्म मतदानको निम्ति मतपत्र र वाकस सम्मको यात्रामा हामी छौं हामी प्रतिनिधि धन अधिकारी पाण्डे र रितेश रिमाल जसलाई पनि चयन गर्न सक्छौं, यसरी आदरणीय दुई नेतृत्वको विचमा राजनैतिक गरेर प्रपोगाण्ड मच्चाउने विरुद्ध हामी एक हुनु आवश्यक छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button