किन हुन्छ मानसिक तनाव ?
मुकुन्द हटुवाल
आजकल मानिसहरुमा साना, झिनामसिना कुराले पनि तनाव बढाउन थालेको अध्ययनले देखाएको छ। परिवारमा आपसी असहमति, कामको बोझ, र अनिश्चितता जस्ता कारणले मानसिक तनाव जन्माउन सक्छ। यहाँ मैले व्यक्तिगत अनुभव र केही अध्ययनको आधारमा मानसिक तनावका कारणहरू र समाधानका उपायहरूको चर्चा गरेको छु।
मानसिक तनावका प्रमुख कारण
व्यक्तिगत समस्या: आत्म-सम्मानको कमी, क्षमतामा शंका, भविष्यप्रतिको अनिश्चितता वा उद्देश्यको अभावले मानसिक तनाव ल्याउँछ।
पारिवारिक र सम्बन्ध समस्या: परिवारमा असहमति, वैवाहिक असहमति वा सम्बन्ध असफलताले तनाव सिर्जना गर्न सक्छ।
आर्थिक समस्या: ऋण, बेरोजगारी वा आर्थिक अभावले मानिसमा डर र चिन्ता उत्पन्न गराउँछ।
काम र करियर दबाब: अधिक कार्यभार, समय अभाव वा कार्यस्थलको वातावरणले मानिसलाई मानसिकरूपमा थकाउँछ।
स्वास्थ्य समस्या: दीर्घकालीन रोग वा शारीरिक कमजोरीले मानसिक रूपमा असर पुर्याउँछ।
सामाजिक दबाब: समाजको अपेक्षाहरू, प्रतिष्ठा कायम राख्न दबाबले मानिसलाई तनावको सामना गर्न बाध्य बनाउँछ।
तनाव व्यवस्थापनका उपाय
मानसिक तनाव व्यवस्थापनमा व्यक्तिगत, पारिवारिक, र समाजको महत्वपूर्ण भूमिका हुन्छ। यहाँ यसलाई व्यवस्थापन गर्न केही सुझाव छन्:
व्यक्तिगत प्रयास: योग, ध्यान, र सकारात्मक सोचले मनलाई शान्त राख्न र तनाव घटाउन मद्दत गर्छ।
समय व्यवस्थापन: समय तालिका बनाएर काम गर्नु, प्राथमिकताहरू निर्धारण गर्नु र आरामका लागि समय निकाल्नाले तनावलाई कम गर्न सकिन्छ।
सन्तुलित आहार र दैनिक व्यायाम: स्वस्थ खानपान र नियमित व्यायामले शरीर र मस्तिष्कलाई ताजगी दिन्छ।
सामाजिक संलग्नता र मानसिक समर्थन: परिवार र मित्रसँग समय बिताउनाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
प्रयाप्त निद्रा: राम्रो निद्राले मस्तिष्कलाई ताजगी दिन्छ, जसले मानसिक थकान कम गर्न सहयोग पुर्याउँछ।
खानपान र जीवनशैलीका सन्दर्भमा सुझाव
सन्तुलित आहार, समय व्यवस्थापन, पर्याप्त पानी, र स्वास्थ्यप्रति सचेत रहनु तनाव व्यवस्थापनमा महत्त्वपूर्ण छ। एन्टीअक्सिडेन्टयुक्त खानेकुरा, नियमित शारीरिक गतिविधि, र दैनिक जीवनशैलीमा स-साना परिवर्तनले पनि मानसिक स्वास्थ्यमा ठूलो असर पार्न सक्छ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)