
भेटेनरी: खुद्रा व्यवसायका अवसर र चुनौती
शम्भु पौड्याल
पशुस्वास्थ्य प्राविधिक/फार्मेसी संचालक, सार्थक भेट फर्मा
नेपालको पशुपालन/पन्छीपालनमा भेटेनरी सेवा दिने यससँग सम्वन्धित व्यक्ति/जनशक्तिले सेवा पुर्याउने दिने क्षेत्र अगाडी बढेको अवस्था छ । नेपालको हालको बजारको माग अनुरुप नेपालमै केहि पशुपन्छीको औषधिको लागि कम्पनी खोल्ने, गुणस्तर उत्पादन दिने कार्यमा एक कदम अगाडी रहेको छ । जसले गर्दा हामी व्यवसायीलाई सहज, थप जिम्मेवारी गराएको अवस्था छ ।
पशुपालन क्षेत्रमा राम्रो योगदान पुर्याएको अवस्था छ । बजारिकणमा पक्कै पनि केहि असहज वातावरण पक्कै छ । यसको साथै छिमेकी मुलुकबाट आउने पशुपन्छीका फिड्सपली भेन्ट केहि औषधीले गर्दा व्यावसायमा असर र अवसर दिएको छ । साथै घरपालुवा जनावर कुकुर, विरालोको उत्पादनमा पूर्ण भर पर्न परेको अवस्थामा हामी छौ । कुकुर बिरालाका औषधीमा खुराक मापन अवस्था गम्भीर छ । गलत औषधीको प्रयोगले सयौं कुकुरका स्वास्थ्यमा खेलवाड भएकाको पेट सफको नाममा निर्धक रुपमा औषधी कारोवार भएको छ । पेट सप संचालन पशु स्वास्थ्य प्राविधिक भएको हुदा दर्ता प्रकृयामा ल्याउनु जरुरी छ । नभए पेटसप लाई विक्रि गर्ने व्यापारीलाई कारवाही गर्नुपर्छ । कुकुरको उपचार र भ्याक्सिन प्रयोग मात्राको शुल्क चर्को लिएको समस्या छ । पेट एनिमलको उपचार गर्ने काम किल्निकको हो ।
यसरी छिमेकी मुलुक र तेस्रो मुलुक वाट आउने पशुपन्छीका उत्पदानमा एमआरपी विना आउँदा यसको विक्रिमा केही जटिलता पक्कै छन् । साथै बाहिरी लेभलमा भएको जानकारीको आधारमा गुणस्तर मापन गर्नु पर्ने अवस्था पनि रहेको छ ।
जब यी उत्पादनमा व्यवसायिक मित्रले जोखिम मोलेर नेपाल भित्राएपछि, विभित्र माध्यममार्फत खुद्रा व्यवसायिकमार्फत किसान समक्ष पुगेको अवस्थामा छ । यसको प्रतिफलमा निकै समस्या रहेको छ भने अर्कोतर्फ बहुराष्ट्रिय कम्पनीका उत्पादन वितरण प्रणालीका समस्या पनि थप रहेको अवस्था छ । वेला वेला मुल्य सुची नमिलेको बेला एमआरपी नभएको अवस्था छ ।
हाल नेपालको पशुपन्छी व्यवसायमा विभिन्न तह हुँदै कृषक किसानको गोठसम्म उत्पादन भएका सामान औषधी फिद्सप्लीभेन्ट पुगेको अवस्था छ । यसमा वितरण भएका सामान मध्ये विना दर्ताका सामानले पनि बजारमा उपस्थित लिएको अवस्था छ । यसका जिम्मेवारमध्ये हामी खुद्रा पनि एक हो । पशुपन्छीमा प्रयोग हुने औषधी खुराकले आम मानिसको जनस्वास्थ्यमा प्रत्यक्ष असर राखेको हुन्छ । यसको लागी निश्चित मापदण्ड योग्यता पुरा गरी यस व्यवसायमा खोल्नु र संचालन गर्नु पर्ने विश्वव्यापी मान्यता रहेको हुन्छ । त्यही अनुरुप नेपालमा पनि भेटनरी पसल संचालनको निम्ति एन नियम पालन गरी पसल संचालन गर्नु पर्ने अवस्थामा नाफाको निम्ति केही व्यापारी मित्रहरुले, कोल्डस्टोर, दाना पसल, मासु पसल, किरानापसल, दाना चामल वितरण गर्ने व्यवसाय गर्ने व्यक्तिले सहज रुपमा कारोवार गरेको अवस्था छ भने त्यसबाट हुने गलत प्रयोगबाट हुने औषधीको प्रयोगले स्वास्थ्य असरबारे बेखबर रहेको अवस्था छ । अर्कोतर्र्फ केही बजार प्रतिनिधीको प्रयोग गरी उत्पादन बस्तु बोकाएर किसानको घर गोठमा पुर्याई अनावश्यक रुपमा विक्री वितरण भएको अवस्थामा छ । यो कार्यमा डेरी पसल, गाईको बिक्रि वितरण गर्ने व्यवसायिक समूह र आयातकर्ताले सिधै पशु स्वास्थ्य प्राविधिक चिकित्सकको घरको कोठामा सामान पुर्याई, यो कार्यलाई बल र साथ दिएको अवस्था छ । जसले गर्दा खुद्रा व्यवसायकर्ता थप मारमा परेको अवस्था छ ।
केहि व्यवसायिक भित्रले बजारबाट फिर्ता आएका, विक्री नभएका सामानलाई रि–प्याक र नयाँ स्टिकर राखी पुन विक्री वितरण गरेको अवस्था छ । यस्तो कार्यले गर्दा हामी खुद्रा व्यावसायी साथीमाथि कृषकले यो उत्पादनले काम गरेन, के कस्तो औषधी दिएको भन्दै म पैसा दित्र भन्ने आदि आरोप खेप्नु परेको अवस्था परेको छ । किनकि हामीले दिने भन्दा सस्तो, दर भाउमा अन्यन्त्रबाट प्राप्त हुन्छ ।
अर्को प्रमुख समस्या सामानको मूल्य हो जुन एकरुप छैन । अर्को प्रमुख चुनौती, पसल संचालन गरी बसेका कतिपय व्यवसायी मित्रले आजसम्म पसल दर्ता नगरेको अवस्था छ । म पसल दर्ता गरी दिउँला भनेर आफ्नो सामान बेच्ने केन्द्र बनाएका छन् कि त विभिन्न निकायमा उजुरी गरी दुख दिएका छन् । अर्को समस्या भनेको अगाडी बढ्न खोजेको खुद्रा व्यापारीलाई केही आयातकर्ता साथीले सामान नदिएको अवस्था छ, कारण कोल्डस्टोर, मासु पसल, डिलरको व्यापारमा असर पुग्ला भनी वाईपास गरेको अवस्था हो ।
यसर्थ यदि यो व्यवसायलाई बचाउने र मर्यादित बनाउने हो भने यी यस्ता कार्य पूर्ण बन्द गरी हामी खुद्रा व्यवसायीलाई अगाडी बढाउनु पर्छ । अन्यथा हामी आफ्नो व्यवसायको मारमा टिक्न सक्दैनौँ । यस्ता किसिमका विकृतिले गर्दा खुद्रा व्यवसाय एक हुन पर्ने अवस्था छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



