
योग के हो ? किन यो आवश्यक छ ?
सोनालाल शाह
विभिन्न आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । योगले हाम्रो शरीर, मन र भावनालाई हल्का, स्वस्थ अनि प्रेमल बनाएको हुन्छ । हामीमा खुशी अनि शान्तिको अनुभव भएको हुन्छ ।
पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुदै आएको छ । हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ ।
योग शब्दको शाब्दिक अर्थ जोडनु या मिलन गर्नु हो । जस्तै गणित मा दुई वा दुई भन्दा अधिक संख्या जोडिएको योग हो । चिकित्साशास्त्रमा विभिन्न औषधिहरूको योगहरू हुन्छ, ज्योतिषशास्त्रमा ग्रहको योग भन्छन् ।
हामी आध्यात्मिक साधनामा यस शब्दको अर्थ विचार गर्छौं भने यसको अर्थ तपाईको स्वरूपमा स्थिर हुन जान्छ या जीवात्माको परमात्मासँगको मिलन योग हो । योगले हाम्रो शरीर, मन र भावनालाई स्वस्थ बनाएको हुन्छ । हामीमा खुशी जोश जाँगर उत्पन्न भएको हुन्छ ।
अर्थात् जब पाँचवटै ज्ञानेन्द्रियहरू मनका साथ स्थिर हुन्छन् र मनमा निश्चल बुद्धिको साथ आउँछ, यस्तो अवस्थालाई परमागति भनिन्छ। इन्द्रियहरूको स्थिरता पनि योग हो । जसको इन्द्रियहरु स्थिर हुन्छ, उसमा शुभ संस्कारको उत्पत्ति र अशुभ संस्कारको नाश हुन्छ । यो अवस्था पनि योग हो ।
मदभगवतगीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ । कर्मयोग, ज्ञानयोग र भक्तियोग ।
योगको उद्देश्य
मानसिक शक्ति विकास गर्न ।
रचनात्मकता का विकास गर्नु ।
तनावबाट मुक्ति पाउनु ।
प्रकृतिसँग प्रेमल हुनु ।
वृहत दृष्टिकोणको विकास गर्नु ।
मानसिक शान्ति प्राप्त गर्नु ।
शारीरिक क्षमतामा विकास गर्नु ।
रोग, तनाव र चिन्ताबाट मुक्ति पाउनु ।
मानिसको दिव्य रूपान्तरण गर्नु ।
योग एउटा कला हो, जुन हाम्रो शरीर, मन र आत्माको साथमा जोडिन्छ र हामीलाई मजबुत र शान्तिपूर्ण बनाउँछ । योग आवश्यक छ, यो सहज हुन सक्छ, तनाव कम गर्न मद्दत गर्दछ र समग्र स्वास्थ्यको विकास गर्छ र एक स्वस्थ मनलाई ध्यानमा केन्द्रित गर्न मद्दत गर्दछ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



