१२ पढेपछि सबै विदेशिने अरे, बुढापाका मात्र अब यता बस्ने अरे

रचना आचार्य
कक्षा ११, तिलोत्तमा क्याम्पस

परदेशतिर जान्छन् सबै सपनाको सहर
पुरा गर्न धन र सम्पत्तिको रहर ।
कोइ हुँदैन मित्र त्यहाँ न त साथीभाई
हरेक क्षण काम त्यहाँ दुख कठिनाई ।।

सानाठूला सम्पूर्णलाई विदेशकै लत लाग्यो ।
जन्मेपछि विदेश जाने उत्सुकता नै जाग्यो ।।
१२ पढेपछि सबै विदेशिने अरे ।
बुढापाका मात्र अब यता बस्ने अरे ।।

आमाबुवाको मुहार सम्झी भिज्छन् परदेशीका रात ।
कमाई आउँछ घर तर हराउँछन् आत्मका बात ॥
बाँकी रहयो मात्रै यहाँ वृद्धाको सास ।
हराइसक्यो अब विकास अनि प्रगतिको आस।।

नेपाललाई विकास गर्न अब सबै उठनुपर्छ ।
उठम साथी भाई अब देश बचाउनुपर्छ।।
देशमै बसेर सपनालाई साकार पार्ने मन बनाएँ।
हाम्रै हातले हाम्रै भविष्यमाथि उज्यालो फैलाएँ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button