पढ्ने अठोट भएपछि जसरी पनि समयको व्यवस्थापन हुन्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा डा.नवराज खतिवडा

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
विद्यालय स्तरमा पाठ्यपुस्तक ईत्तर पुस्तक पुरस्कार पाएपछि ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
पढ्ने अठोट भएपछि जसरी पनि समयको व्यवस्थापन हुन्छ ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
कुनै खास समय निर्धारित छैन ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
आनन्दको अनुभूति हुन्छ र नयाँ संसारमा पुगे जस्तो हुन्छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
अभूतपूर्व लेखन भएको नयाँ सोच जगाउने पुस्तकहरु मन पर्छन् ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
कुनै समूहमा वा व्यक्तिसंग कुरा गर्न नौला खुराकहरु उपलब्ध हुन्छ, यसले साथीभाइसँग सम्पर्क सन्जाल बढाउन मदत मिलेको छ ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजी किताव । किनभने यसले स्पर्श अनुभूति हुन्छ र कुनै संयत्र प्रयोग नगरी अफलाईन पनि पढ्न सकिन्छ ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
बाध्यात्मक परिस्थिको सिर्जना ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
पुस्तकले तानेन भने अघि बढ्न सकस हुन्छ ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
यसको उत्तर माथी बुँदा नँ ६ मा दिईसकेको छु ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
जीवनमा केही नगुमेको अनुभूति गर्नुछ भने पुस्तक पढ्नु जरुरी छ ।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
पुस्तकका बहुआयामिक फाईदाको कुरा गरेर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button