
लुम्बिनी भै नै हाल्यो, बाहेक पवन मिष्ठान जानुस् पेँडा खानुस् भन्छु म

देशको समग्र चित्र कार्ने नेपालनाम्चाको यो राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा सुरेश पौडेललाई विशेष धन्यवाद ।
१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
जिल्ला रुपन्देही हो, शुरुदेखि नै लुम्बिनी र मायादेवी मन्दिर मनमा आउँछ। भैरहवा शहरको कुरा गर्ने हो भने शहरका कुनाकाप्चा सबै।
२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
जन्म यहाँ होईन तर जान्नेबुझ्ने भएदेखि नै यहाँ हुर्केको हो। त्यस्तो खासै महसुस गर्नु पर्ने केही नभए पनि गृहजिल्ला गृहनगर हो त्यसैले विशेष छ।
३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
लुम्बिनी भै नै हाल्यो। बाहेक पवन मिष्ठान जानुस् पेँडा खानुस् भन्छु म।
४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
बुद्ध जन्मस्थल लुम्बिनी र त्यति राम्ररी नचले पनि काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल।
५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
हो धेरैलाई थाहा छैन, मलाई पनि थाहा थिएन तर हालका अर्थमन्त्रीले कुनै बेला यहाँ भैरहवा शहरको पूर्वी किनार हुँदै केही उत्तर पडसरी गाउँसम्म रेल चल्ने कुरा बताउनु भएको थियो। त्यसको अनुसन्धानमा छु म।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्यो भने, कस्तो स्वभावको हुन्छ ?
एउटैमा नअटाउला, रुपन्देहीको व्यक्तित्च पत्रपत्रमा सुभाषित छ।
७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
थप हरियाली छाएको, स्थानीय नेतृत्व राम्रो पाएको, विमानस्थल विदेशी विमानसेवाहरुले भरिपूर्ण भएको, चरम गर्मीमा पनि शितलता दिन सकेको।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



