मोरङ मेरो जीवनको पहिलो पाठशाला

देशको समग्र चित्र काेर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा सुवेक्षा मेयाङ्बोलाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
मेरो आमा–बुवा (परिवार) र आमाले बताउनु भएका अनगिन्ती अनुभव, भावना र त्यहाँको विगत परिस्थिति, वातावरण र संघर्षपूर्ण जीवन । मैले बिताएका मेरो वाल्यकाल जुन अहिले मैले लाखौ रुपैंयाँ खर्चँदा पनि पाउँन सक्दिनँ । मोरङ्ग जिल्ला मेरो जीवनको पहिलो पाठशाला थियो । बितेका ति हरेक पलहरु मेरो मष्तिश्कमा तस्विरका थाँक बनेर बसेका छन् ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
अत्यन्तै भाग्यशाली, यस ठाउँमा जन्मिएकोले गर्दा आज पनि म हैन, हामी र हाम्रो भन्ने भावना जीवित रहेको छ ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिं हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
ज्योति स्कूल, जसबाट लाखौं विधार्थिहरुले शिक्षा, अनुशासन र उच्च ज्ञान प्राप्त गरेका छन् । जसले गर्दा हरेक विद्यार्थीको जीवनस्तर उच्च रहेको देख्न पाईन्छ ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
ऐतिहासिक पर्यटकिय स्थल विराट राजाको दरवार, सिंहदेवीको मन्दिर, विराटनगर । त्यसै गरी बेतना सिमसार, हँसिना सिमसार र औधोगिक क्षेत्रहरुमा गर्व महशुस हुन्छ ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महशुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
ऐतिहासिक पर्यटकिय स्थल विराट राजाको दरवार जसको संरक्षण र सम्बद्र्धन हुन सकेको छैन ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिस जस्तै सोच्नुप–यो भने कस्तो स्वभावको हुन्छ ?
राम्रो स्वभावको हुन्छ ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्न चाहनुहुन्छ ?
उद्यमशील भएको देख्न चहान्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button