बा ! हजुर सबैभन्दा माथि

नितिशा ज्ञवाली
रिडीबजार, गुल्मी, हाल: पद्मकन्या क्याम्पस

बा, हजुर संसारमा सबैभन्दा जाती,
हाम्रा लागि हजुर नै हो भगवान्‌जस्तै माथि ।
माग्‍नुपर्दा भगवान्‌सँग बरू तपस्या चाहिन्छ,
हजुरका अगि मौन रहे पनि सबै थोक पाइन्छ ।१।

बा, हजुर हाम्रा लठ्ठी, बैसाखी र अङ्कुशी,
पार्नुभयो प्राथमिकतामा हाम्रा खुसी नै खुशी ।
हजुर आफ्नो लागि किन केही सोच्नुभएन ?
हाम्रा इच्छा पूरा गर्दा कहिल्यै थाक्नुभएन ।२।

बा, हजुर हाम्रो बालापन हुँदा केही क्षण टाढिनुपर्‍यो,
हजुर समयले हाम्रै उन्नतिका खातिर बाँडिनुपर्‍यो ।
आँखा रसाउँछन् हजुरका सङ्घर्षका कथा सुन्दा,
गौरव हुन्छ हजुरको त्यागलाई यसरी शब्दमा उन्दा ।३।

त्यसैले त बा, हजुर सबैभन्दा जाती,
हाम्रा लागि हजुर नै हो, भगवान्‌जस्तै माथि ।।

पितृ देवो भवः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button