नेपालको राजनीति र आफ्नो अवस्था हेर्यो बस्यो

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

नेपालको राजनीति र आफ्नो अवस्था हेर्यो बस्यो
दिन कसरी बित्छ भन्छौ दुई चार लाइन केर्यो बस्यो ।

आधा जीवन किताबका ठेला अक्षरको भारी बोक्यो बस्यो
मनै पिरो हुने गरी निष्ठुरीलाई सम्झी सास रोक्यो बस्यो ।

साथमा भएको मोबाइलमा त्यही एक तस्बिर छ
कल्पनामा आँसु बग्यो आँसुको मूल सुकायो बस्यो ।

वैदेशिक यात्रामा निस्की सके अब के गरी याद मेटौली भन्छौ
खल्तीबाट मोबाइल झिक्यो तस्वीरमा चुम्मन दियो बस्यो ।

अँ ह सोच्दै नसोच बिहे गर्ली टाढा होली मसंग म ढुक्कसंग रमथेँ
जिन्दगीभर तिम्रै कल्पनामा ज्यानलाई सुम्पियो बस्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button