
प्रेमः स्थिर छु तर पनि भावनामा बगिरहेकी छु
पर्खाइ
रोशनी कटवाल
आशा र निराशाको भुमरीमा छु
स्थिर छु तर पनि भावनामा बगिरहेकी छु
कोही होला नहोला मेरो लागि, अन्योलमा छु
र पनि म उस्कै पर्खाइमा छु ।
समयको चक्रब्युमा फसेकी छु
जिन्दगीको भिडमा हराएकी छु
हराएकी मलाई भेट्टाउने कोहि होला नहोला
र पनि म उस्कै पर्खाइमा छु ।

वसन्तमा प्रकृतिसँगै शीतल सुस्केरो लिँदै, वाह
बेसुर जिन्दगीमा सातै स।गमको मेल गराउँदै
कस्तो अवस्थामा भेटिएला त ऊ
न भेटिएसम्म उस्कै पर्खाइमा छु ।
पिरतीको स्वाद नचाखेकी म
मह झै मीठो पिरतीको स्वाद लिएर
पहिलो प्रेमको मीठो आभास गराउन
आउला कि नआउला, अन्योलमा छु
र पनि म उस्कै पर्खाइमा छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
मागी विवाह गरम भने त्यो सुन सम्झिन्छु।।
अन्तर जाती भागी बिहे गरे भने रुकुम सम्झिन्छु।।
उनी कतै मबाट गुम्छन कि सोच्दा यो पापी मनले
उनले मेरो लागि बगाएको को त्यो खुन सम्झिन्छु।
ek dam ramro lekhnu vako great ?❤️
-Atal singh bc