साथीसँग मनका कुरा

नरध्वज तामाङ ‘क्षितिज’

कहिलेकाहीँ यस्तै हुन्छ, ‘कुरा गर्दै जाँदा यस्तो पनि बोलिएछ !’

साथी ! जिन्दगी यस्तै रैछ । यहाँ सबैले सबैलाई एउटै किसिमले कहाँ बुझ्छन् र ! खासमा त्यसरी बुझ्नैपर्छ भन्ने नि हुन्न । जे जस्तो भए नि मैले पटक्कै माइन्ड गरेको छैन । बरु मेरो तर्फबाट समयको दौरान केही कमजोरी भएको भए साँच्चिकै माफी चाहन्छु । तिमी जहाँ जसरी रहे नि, जे गरे नि खुशी रहनु १ विश्वास त हैन । तर मेरो तर्फबाट भगवानसँग सदासदा प्रार्थना रहनेछ त्यसको लागि । खैर, मेरो लागि जिन्दगीको अर्को नाम सिकाई भो । सिकाउने धेरै आए गए । फेरि धेरै आउलान् । लाग्छ म भाग्यमानी रैछु । अझै यसरी नैँ सिकिरहन पाउँ । यसैलाई ठुलो सौभाग्य ठान्छु । बाँकी त समयको जिम्मामा छोडेको छु । समयलाई धन्यवाद !

अँ, एउटा कुरा भन्नैपर्छ । तिम्रो बुझाईप्रति मेरो केही दुखेसो छैन । गफ होइन, म अरुले देखिने र सोचेभन्दा बढी सुझबुझ भएको मान्छे होजस्तो लाग्छ आफैंलाई चैं । यो मेरो आफैंप्रतिको ओभररेटेड पनि हुनसक्छ । स्वमुल्याङ्कनमा अब्बल देखिनु, देखाउनु गलत होजस्तो लाग्दैन । यस्तो त धेरैले गर्छन् यहाँ । तर मिलाएर गर्नुपर्छ जस्तो लाग्छ ।

हुन त सुदुर भविष्य कसले देख्या छ र ! तर जुन दिनसम्म हामी साथी रहन्छौँ नि, त्यो दिनसम्म हाम्रो सम्बन्ध मित्रवत र आत्मीय रहिरहोस् भन्ने मेरो पनि चाहना थियो । छ । ध्येय हुनेछ । मित्रता टिक्नु नटिक्नुमा धेरैखाले फ्याक्टरले काम गर्छ । गर्दोरहेछ । फेरि सप्पै सम्बन्ध मोडिफाई बिना नैं दिगो हुनैपर्छ भन्ने नि हुन्न । तर यस्तो होस् कि टाढा हुँदा नि पुराना साथिको बयान गर्न चैँ नछोडोस् । टाढै बसेर गरेको गुणगानको झन ठुलो महत्त्व हुन्छ । हुँदोरहेछ । त्यो पो ठुलो र महत्त्वपूर्ण कुरा हो त ! अर्को एउटा अचम्मको कुरा, मलाई छोडेर गएकाहरुले र मैले बिशेष कारणले छोडेकाहरुले समेत आजसम्म मेरो बारेमा राम्रै कुरा गरेको नजिर छ । बस्, सकारात्मकताको बिजारोपण गरौं । सिक्नु छ भने यहि कला सिकौं । यो अभियान जारी राखौं ।

जय जिन्दगी !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button