देवभूमि नेपालमा विनाकारण म जस्तो टुहुरो बन्न कोही नपरोस्

दीनबन्धु पोखरेल

आध्यात्मिक चिन्तन र भौतिक विकास सँगै सम्भव छ भन्ने नवीनतम विचारलाई एक सूत्रमा बाँधेर व्यवहारतः सिद्ध गर्नुहुने, सबै खालको विभेदीकरणका विरुद्ध सशक्त आवाज मुखरित गर्नुहुने, नेपालको भौतिक समुन्नयन र पूर्वीय दर्शनमा एक खालको अनुपम जागरण सहित जनजनमा अद्वितीय ऊर्जा प्रदान गर्नुहुने, सरस, वाक्पटुतायुक्त प्रस्तुति र सांगीतिक प्रस्तुतिको नौलो अभ्यासको माध्यमले जनजनमा अमिट छाप छोड्नुहुने तथा सामाजिक समुन्नतिमा सबै तहतप्काको सहभागितात्मक अवस्थाको सिर्जना गर्नुहुने सम्मानित गुरु, परमादरणीय पिताश्री प्रथम धार्मिक सहिद वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेलको आज १७ औं स्मृति दिवस, उहाँको पांचभौतिक शरीरको २०६२ वैशाख २३ गते अवसान गराउने कार्य गरिएको दिन ।

उहाँमाथि गलत कदम उठान गर्नेलाई सद्बुद्धि लागोस्, त्यो हतियार पुनः कसैलाई पनि नउठाओस्, देवभूमि नेपालमा विनाकारण म जस्तो टुहुरो बन्न कोही नपरोस् ।

पिताश्रीको पदचापलाई अवलम्बन गरी राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा उठान संगसंगै अभियानलाई नूतन अभ्यासको साथमा प्रयोग गर्ने कार्य र उहाँको उत्तराधिकारीका रूपमा कार्य गर्ने अवसरले अत्यन्तै गौरव महसुस भएको छ । हामीले उहाँको सपना र अभिलाषालाई अझै युग सुहाउँदो तबरबाट उठान गर्दै अगाडि लैजाने प्रण र सो अनुरुप कार्य अगाडि बढाएका छौं, यसमा सबैको सद्भाव, प्रेम र सदासयताको हार्दिक अपेक्षा गर्दछौं ।

पिताजीको आत्मिक स्वरूपको परमधाम गमन होस् भन्ने कामनाका साथ सतसत नमनसहित हार्दिक श्रद्धासुमन । ॐ नारायण !

(पोखरेलको फेसबुकबाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button