ट्याक्सी बसपार्कको बाटोतिर हुइँकिरहन्छ

कथाः घोप्टे युग

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर–७

सहदेवले कौशल्यालाई एउटा कलम किन्न पठाएका थिए । कौशल्या आउनासाथ उनले सोधे, ‘किन यत्ति ढिलो ग¥यौ छोरी ?’

छोरीले चिन्तित मुद्रामा जवाफ दिइन्— ‘पसलमा रोजी दिदी बसेकी रैछिन् । मेरो कुरा सुन्दै सुनिनन् ड्याडी ! घोप्टो परेर मोबाइल मात्र चलाइरहिन् । मैले चिमोटेपछि मात्र कलम दिइन् ।’

मन्दोदरीले हतार हतारमा छोरीलाई कोरीबाटी गरेर तयार पारिन्् । सहदेव र मन्दोदरीलाई सधैँको चटारो पर्ने गर्दछ । हिँड्ने बेलामा सहदेवको ‘खटारो बाइक’ ले निहुँ खोज्यो । धेरै कोसिस गरे तर स्टार्ट भएन ।

कौशल्याले बाइकको रोग पत्ता लगाइदिइन् । ‘इन्धन नियन्त्रक स्विच’ ‘अफ’ मा रहेछ । सहदेव निकै ‘टेन्सन’ मा थिए । ‘ट्युसन’ पढाएर आएको ‘फी’ आधाजति नकुलले उडाइदिएछ !

बाइक स्टार्ट भएपछि कौशल्यालाई दिक्क लाग्यो । उनी कूटनैतिक शैलीमा भन्छिन्, ‘म कत्ति छिट्टै बढेँ हगि ड्याडी ? पहिले पहिले म यो ट्याङ्कीमा बस्दा ड्याडीलाई अगाडि हेर्न कति सजिलो हुन्थ्यो । तर अहिले त हेलमेटको च्यापुले मेरो टाउकोमा ठ्याङ्ग–ठ्याङ्ग लागेर…।’

उनको भाषाको मार्मिक भावले ममी, ड्याडीलाई भावुक बनाइदियो । छोरीलाई बीचमा राखेपछि मन्दोदरी बाइकमा बसिन् । कौशल्याले यात्राभरि कहिले ममीको सारीतिर ध्यान दिन्थिन् । कहिले ड्याडीको बाइक हँकाइप्रति मतलव राख्थिन् ।

ममीले सान्त्वनाका केही शब्दहरू व्यक्त गरिन्, ‘तिमी चिन्ता नगर छोरी । अब म पनि छिट्टै ‘स्कुटी’ किन्छु र तिमीलाई मैँ स्कुलमा पु¥याउँछु ।’

छोरीको आनीबानीले भिन्दै प्रकारको आनन्दानुभूति प्राप्त हुन्छ । छोरो पनि जन्मिएको त त्यही आदिम ओडारबाटै त हो । तथापि, उसलाई त आफ्नै स्वार्थ प्यारो छ । एकदमै मतलवी छ ।

कौशल्याको स्कुलको बाहिरी फाटकसामु सहदेवले बाइक रोके । कौशल्या ‘बाइबाइ’ को हात हल्लाउँदै भित्रतिर कुदिन् । सहदेवको बाइक फेरि अगाडि बढ्यो ।

जाँदाजाँदै बाटोमा मन्दोदरीकी ‘प्रिन्सिपल म्याम’ को गाडीसँग भेट भयो । महेश्वरी म्यामले मन्दोदरीलाई डाकिन् । मन्दोदरी नचाहेरै गाडीभित्र बसिन् ।

स्कुलको अफिसमा पुगेपछि म्यामले भनिन्, ‘किन झन्झट व्यहोरिरहनुहुन्छ म्याम ? कौशल्यालाई हाम्रै स्कुलमा भर्ना गरौँ न । आमाछोरीलाई आउन र जान सजिलो हुन्छ ।’

कति सुन्नु र कति जवाफ दिनु आफ्नी प्रिन्सिपललाई । तैपनि भन्न वाध्य भइन्, ‘मेरा छोराछोरी नै ‘प्ले ग्रुप’ देखि त्यो स्कुलमा पढेका हुन् । अझ छोरो त त्यही कलेजमा पढिरहेछ । छोरी पनि स्कुल फेर्न मान्दिन । ऊ हरेक साल फस्र्ट–फस्र्ट हुन्छे ।’

यता प्रिन्सिपलले मन्दोदरीको टाउको दुखाइदिइन् । उता सहदेवको दिमाग चाट्ने काम तल्लो कर्मचारीले गरे । कामै गर्दैनन् बा ! खालि मोबाइल चलाइरहेका छन् ।

अन्ततः सहदेवले रातो मुख पार्नै प¥यो । उनले भने, ‘हेर्नोस् दधिरामजी ! श्रीमतीलाई ‘पोइल जान’ वाध्य पार्ने यस्तै हर्कतले हो । कार्यालयमा त यस्तो ताल छ ! घरमा झन् घोप्टो परेको प¥यै गर्ने होला । त्यही मौकामा श्रीमतीलाई कसैले…।’

दधिरामजीले सहदेव सरको मानहानी हुनेगरी जवाफ फर्काए— ‘हजुर नै पर्नोस् न त उत्तानो ! मेरो त घोप्टो पर्ने बानी छ । घोप्टो नै पर्छु ! आखिर यो ‘घोप्टे युग’ नै हो क्यारे !’

‘निजामती ट्रेड युनियन’ को सदस्यरूपी साँढेलाई कसले छुन सक्छ ? ज्यान गयो ‘निजामती शहीद’ हरूको । तर दधिरामजस्ता ‘कामचोर’ कर्मचारीहरूले दुरूपयोग गरिरहेका छन् ।

यता नकुल घरमा आइपुग्यो । त्यही बेला उसको मोबाइल ‘भाइब्रेट’ भयो । उसलाई रिस पोख्ने मौका मिलिहाल्यो । तब कराउन थाल्यो, ‘यो के हो दाइ ? तरकारी त गतिलो छैन–छैन । भातसमेत मलाई नराख्दिएर के गर्न खोजेको हजुरहरूले ?’

उताबाट दाइले हैन, उसको पिताले फोन गरेका थिए । नकुल सहदेवलाई ‘दाइ’ सम्बोधन गर्ने गर्दछ । नकुलको दाइ भनिटोपलिएका पिताले सम्झाए, ‘ममीले कुकरमा चामल र पानी हालेर ठिक्क पारिदिएकी छिन् । चुलो बालेर पकाएर खाऊ । अँ, तरकारी मीठो भएन भने अण्डा पकाएर खाए हुन्छ नि त ।’

‘अँ, यही एउटा काम बाँकी छ मेरो !’ कस्तो निफुर्किएको छोरो होला ! बाबालाई खाऊँलाभैmँ गरेर करायो । कुकरमा ठिक पारिदिएको चामल पकाउन नजान्ने !

घरमा अण्डा सकिएको रहेछ । उनीहरूकै घरसँग जोडिएको घरमा किराना पसल छ । अहँ, नकुललाई जाँगर लागेन । चाउचाउ पकाएर भोक मा¥यो ।

अपरान्हमा सहदेवलाई छोरीको स्कुलबाट फोन आयो । नकुल बहिनीलाई लिन नगएर साथीहरूसँग बजार डुल्न गएछ । एक घण्टाअघि घर जान खोज्दा कम्प्युटरमा तास खेलेर समय बरबाद पारिरहेका कार्यालय प्रमुखले वचन लगाएर छाडे ।

बेलुका कौशल्या होमओर्क गर्दैछिन् । नकुल घाइते हालतमा घरमा आइपुग्यो । खाना पकाइरहेका सहदेवले हकारे, ‘आज पनि बाइक लडाएर आएको तँ ? किन साथीको बाइक चढ्न परेको तँलाई ? अनि पैसा के गरिस् नि ?’

नकुलले सजिलै उत्तर दियो, ‘जुत्ता किनेँ । साथीको बाइकमा पेट्रोल हालिदिएँ । आफ्नो त नयाँ किनेको भए पो चढ्नु ।’

केही बेरपछि नकुल किताब अगाडि राखेर मोबाइलमा व्यस्त हुन थाल्यो । दाइले देख्लान् भनेर पर्दाले छेक्यो । कौशल्याले नेपथ्यबाटै अनुरोध गरिन्, ‘दादा, दादा । यता आउनोस् त एक पटक । मलाई एउटा हिसाब सिकाइदिनोस् न ।’

दादाले नमिठो वचन लगायो, ‘तँ आफ्नो क्लासकी ‘फस्र्ट गर्ल’ भएर पनि त्यति जाबो ‘म्याथ’ आउँदैन ? म आफ्नो पाठ पढूँ कि तँलाई सिकाइदिनु ? फुर्सद छैन मलाई ।’

दादाको ताल देखेर उनको चित्त दुख्यो । उनले बिरालाको चालले अघि बढेर दादाको पुस्तक लिएर लुसुक्क फर्किइन् । कौशल्याले त्यो किताब ड्याडीसामु राखिदिइन् । सहदेव छोराको कान समात्न पुगिहाले, ‘तँलाई नालायक ! यही हो तैँले पढेको ?’

छोराले बिहान चाउचाउ खाएर पेट भर्नु पर्नाको समेत रिस खन्यायो, ‘मैले पास गरेर देखाए भएन हजुरहरूलाई ? खालि पढ् पढ् भनेर मात्र हुन्छ ? गतिलो कलेज पनि त हुनुप¥यो ! बिहान पनि भोक्कै राख्नुभयो । अहिले पनि ज्यानमाथि हमला ? मार्दिनोस् बरु मलाई । म मरेर के हुन्छ र ? प्यारी छोरी छँदैछे नि ।’

उप्m ! नकुलले त जात्रै देखाइदियो गाँट्ठे ! बिचरी कौशल्या ! दादाको उपद्रो देखेर सुँकसुँकाउन थालिन् । श्रीमान्को हातमा तानेर मन्दोदरीले किचेनमा ल्याइन् र गुनासो गरिन्— ‘तपाईँ किन जान्ने पल्टेर छोरालाई हातपात गर्नुपरेको ? जे गर्नुपरे पनि मैँ गर्थेँ नि सर !’

सहदेव निकै जोशमा आए, ‘गरिहाल्यौ नि खुब ! बेलैमा तह लगाउन सकेकी भए आज यस्तो घमण्डी भएर निस्किन्थ्यो तिम्रो छोरो ?’

बाबा, आमा यतातिर बहस गर्न लागे । उता नकुलले बहिनीलाई पाट्पिट् पार्दै दुर्वचन बोल्यो, ‘खान जन्मिेकी रैछेस् ! त्यसकै लागि त ढिलो जन्माएका तँलाई । यो घरमा तँ मात्र बस् । गएँ म ।’

नकुल बैठक कोठाबाट निस्केर हिँड्यो । कौशल्या रुँदै किचेनमा पुगिन् । त्यही बखत माथिबाट घरबेटी बा आए र हाँस्दै भन्न लागे, ‘सुरू ग¥यो हैन त आज पनि नकुलले महाभारत ? हाहाहा…! बाउलाई दाइ भन्नेहरू यस्तै हुन्छन् सहदेव बाबु ! जब रामायण र महाभारतका पात्रहरू नै यहीँ छन् भने किन पढिरहनु प¥यो किताबको ठेली ? नाम त जानेर राखेको हो बा ! छिमेकीहरूलाई पनि बोलाऊँ कि मन्दोदरी म्याम ? हाहाहा…।’

एक हप्ता बित्यो । नकुल भेटिएन । कलेज पनि गएको रहेनछ । तर अचानक रातको बीचमा शिवानीले मन्दोदरीलाई फोनमा भनिन्, ‘तेरो छोरो घरमा झगडा गरेर आएजस्तो लाग्यो । तर तँ चिन्ता न लि मन्दोदरी । उसलाई म सम्झाऊँला ।’

दादा घरमा नहुँदा कौशल्यालाई त्यो रात पनि निद्रा परेन । ममीले छोरीको कपाल सुुमसुम्याउँदै सोधिन्, ‘दादाको साह्रै याद आइरहेछ हो छोरी ? तिमी पीर नगर । भोलि बिहानै आउनुहुन्छ तिम्रो…।’

‘ममी, ममी ! म एउटा कुरा सोध्छु । हजुर नरिसाउनोस्, हस् ?’, ममीको अन्तिम वाक्य पूरा नहुँदै छोरीले सवाल गरिन् । ममीको मुटुमा चसक्क घोच्यो । उनले भनिन्, ‘प्रष्टसँग सोध छोरी । तिमीले जे सोधे पनि म रिसाउँदिनँ । कसम रिसाउँदिनँ ।’

कौशल्या पानी पिउने निहुँ पारेर उठिन् र भन्न लागिन्, ‘आज ड्याडीले दालमा नुन अलि बेसी नै हाल्नुभएछ क्यारे ।’

ममीले सहजै उत्तर दिइन्, ‘तिमीलाई मात्र त्यस्तो लागेको होला । आज त झन् मीठो खाना थियो । मलाई त तिम्रो ड्याडीले पकाएको बेला माइतीको भान्छामा खाएजस्तै लाग्छ नानू ।’

थोरै पानी पिएर सोफामा बस्दै कौशल्याले बडो मार्मिक सवाल गरिन्, ‘मलाई हजुरहरूले किन ढिलो जन्माउनु भएको ममी ? म त दादाको भाग खोस्न आएकी रे ! म मरेँ भने दादा मात्र सम्पत्तिको मालिक बन्नुहुन्छ रे हो ममी ?’

‘हे भग्वान् ! यो के सुन्दैछु म !’ मन्दोदरीको सातोपुत्लो उड्यो ! उनी जुरूक्क उठेर गई छोरीको पाउमा समातेर भन्न लागिन्, ‘हैन छोरी, हैन । कसले सिकायो तिमीलाई ? यत्ति सानी मान्छेले यत्ति ठूलो कुरा कसरी जान्यौ भन त ?’

मन्दोदरीले कौशल्यालाई चपक्क अँगालोमा बेरिन् । उनका आँखाबाट असार–साउन वर्षिन थाले । ममीको त्यस्तो हालत देखेर कौशल्यालाई पीर पर्न थाल्यो । तब नाटकीय शैलीमा अट्टहास गदै भन्न लागिन्, ‘हाहाहा…! हेहेहे…! लौ ! ममी त त्यत्तिकै रून थाल्नुभयो । मैले त अस्ति टीभीमा हेरेकी फिल्मको ‘कपि’ पो गरेकी त ।’

त्यति भनिसकेपछि उनी चुपचाप ओछ्यानमा गई सुतिन् । अर्को कोठामा सहदेव भर्खरैजसो सुतेका थिए । बल्ल आँखा लाग्ला–लाग्लाजस्तो भएको थियो । एक्कासि गालामा तातो आँसु तप्केको आभास भयो । पत्नीको रुवाइ देखेर छक्क परे !

पत्नीले खास कुरा बताइदिइन् । त्यसपछि त उनको पनि फोक्सो फुल्न थालिहाल्यो ! छोराको हर्कतबाट उनी मर्माहित भए । आधा रातसम्म निदाउन सकेनन् ।

भोलिपल्ट बिहानै तीनैजना नकुललाई लिन शिवानीको घरमा पुगे । सहदेवले बाइकलाई गेटबाट भित्र लगेनन् । उनलाई एक प्रकारको लघुताभासले सतायो ।

शिवानीले मन्दोदरीलाई अङ्कमाल गरेर आत्मीयता प्रदर्शन गरिन् । सहदेवले नमस्कारमै चित्त बुझाए । कौशल्याले बालसुलभता प्रदर्शन गर्दै शिवानी आन्टीलाई नमस्कार गरिन् र पिङ्ग भएतिर कुदिन् । होटलको लबीजस्तो बैठकमा बसाउँदै शिवानीले भनिन्, ‘सुनको पिँजडामा दाइहरूलाई हार्दिक स्वागत छ ।’

‘हाहाहा…। पिजडा हैन, सुनको महल भन न शिवानी बहिनी । किन आफ्नो मान आपैmले घटाउँछ्यौ ?’ सहदेवले हाँस्दै प्रतिक्रिया दिए ।

मन्दोदरीले पनि टिप्पणी गरिन्, ‘मान्छेलाई जत्ति भए पनि चित्त बुझ्दैन रहेछ शिवानी । तँलाई यहाँ केको कमी छ र ‘चरी जेलैमा’ भन्ने गीतको ‘फ्यान’ बन्न खोज्छेस् ? हामीलाई पो गाह्रो छ त । मक्केको लुगाजस्तो छ हाम्रो जिन्दगी । यता टाल्यो, उता च्यातिन्छ । उता टाल्यो, फेरि अर्कोतिर च्यातिन्छ ।’

शिवानीकी भदैनी ‘ब्रेकफास्ट’ को ‘ट्रे’ बोकेर उपस्थित भई । उसको नाम कल्पना हो । पछिल्तिर नकुल देखियो । नकुल र कल्पना मिलेर ब्रेकफास्ट दिए ।

मन्दोदरीले सोधिन्, ‘शिवानी ! मलाई एउटा कुरा नढाँटी बता त । नकुल यो पाली मात्र आएको हो कि अरू दिन पनि धाउने गथ्र्यो ?’

शिवानीले मस्किँदै जवाफ दिइन्, ‘जसरी तँलाई शिवानीसँग भेट्न कुनै आइतबार कुर्न पर्दैन । ठीक उसैगरी नकुललाई पनि कल्पनासँग…।’

सहदेवले कुरा काट्दै व्यङग्यात्मक शैलीमा भने, ‘यिनलाई मात्र आउने रहेछ ‘टीन एज’ ! तिमी, हामी त त्यत्तिकै यो उमेरका भएछौँ हैन त ? तिमी पनि बोल न मन्दोदरी ।’

कुरा हुँदै थियो । पिङ्गमा रमाइरहेकी कौशल्या दौडँदै आइपुगिन् । उनले दादाको हात समाउँदै भनिन्, ‘किन हजुर हामीलाई नभनी आन्टीको घरमा लुकेर बस्नुभएको दादा ?’

आन्टीले नकुललाई बहिनीसँग माफी माग्न लगाइन् । उसले उनको कुरा मान्यो । अबदेखि बहिनीको मन दुख्ने कुरा नगर्ने कसम पनि खायो ।

कौशल्या खुसी भइन् । उनले ममीको कानैमा मुख लगेर खासखुस कुरा गरिन् । उनले दादाको मोबाइलमा कल्पनाका फोटाहरू देखेकी रहिछन् ।

ब्रेकफास्ट खाँदै गर्दा सहदेवको मोबाइलमा ‘कल’ आयो । उनले थाहा पाए, ट्युसन पढ्ने केटाहरू घरमा आइसकेका रहेछन् । तब उनलाई जान हतार भैहाल्यो । तर शिवानीले मन्दोदरीलाई रोकिन् । पछि मोटरमा पु¥याइदिने वचन दिइन् ।

नकुल त कल्पनासँगै घरभित्र कतै हराइसकेको थियो । ऊ त कल्पनालाई ‘गर्लफ्रेण्ड’ बनाउन पाएकोमा मख्ख थियो ।

कौशल्या पनि ड्याडीसँगै फर्किइन् । प्रिय साथी शिवानी यत्रो महलमा बसेर, सुख भोग गरेर पनि सन्तुष्ट नभएकी देखेर मन्दोदरीलाई आश्चर्य लाग्यो !

शिवानीलाई भौतिक सुख चाहिएको थिएन । उनलाई त स्वतन्त्रता चाहिएको थियो । सबैभन्दा ठूलो कुरो त उनलाई नाम चाहिएको थियो । उनको चाहना थियो, ‘प्रोफेसर’ बन्ने । उनले केही समय कलेजहरूमा प्राध्यापन गरेकी पनि हुन् ।

तर व्यापारिक घरानामा बिहेवारी भएपछि शिवानीको उक्त चाहनामा तुषारापात लाग्यो । पति जताजता, पत्नी त्यतात्यता । योग्यता भएर के काम लाग्यो ? त्यही भएर उनी आपूmलाई ‘सुनको पिजडामा कैद गरिएकी चरी’ ठान्दछिन् ।

शिवानीले मन्दोदरीको हातमा एउटा निमन्त्रणापत्र थमाइन् । मन्दोदरीले सरर्र पढिन् र अग्रिम शुभकामना व्यक्त गरिन् । शिवानीले मन्दोदरीलाई सुझाव दिइन् । नकुललाई गाली गरेर हैन, मायाले सम्झाउन भनिन् ।

शिवानीले आफ्नो एक मात्र सन्तानको दृष्टान्त सुनाइन् । उनकी छोरीलाई यहाँ नपुग्दो के थियो र ? तर उसलाई ‘बिजनेस’ मा ‘इन्ट्रेष्ट’ नै भएन । न त आमाको सपनालाई साकार पार्नतिर लागी । विदेश पढ्न गई ।

तर डाक्टर पनि भइन । इन्जिनियर पनि बनिन । एउटा खैरेको मायाजालमा परी र उसकै होटलको म्यानेजर बनेर सेवा गर्दैछे ।
साँझपख सहदेवहरू एकै ठाउँमा जम्मा भएर छलफल गर्दैछन् । नकुलले हातबाट मोबाइल छाड्न सकेको छैन ।

ड्याडी भन्छन्, ‘कत्ति मोबाइलमा घोप्टो परेको छोरा । तँलाई एउटा कुरा थाहा छ ? मेरो एउटा डाक्टर साथीले भनेको, अत्याधिक मोबाइल चलाएर मानिसहरू अनेक रोगको सिकार बन्दै गइरहेका छन् रे ! निद्रा नलाग्ने, अपच हुने, ग्याष्ट्रिकले सताउने, गर्धन दुख्ने रोगीहरूको लाम छ रे क्लिनिकमा !’

‘राम्रै भो नि दाइ ।’ नकुलले मोबाइल नछाडी कुतर्क ग¥यो, ‘जति धेरै बिरामी भयो, उति धेरै डाक्टरलाई फाइदा हुन्छ । हामीलाई मात्र घोप्टेको देख्छन् । बिरामी जाँच्दा र ‘प्रेसक्रिप्सन’ लेख्दा डाक्टरहरू पनि त घोप्टिन्छन् नि दाइ ?’

थालमा खाजा छ । तर उसलाई के खाइरहेछु भन्ने पत्तै छैन । कौशल्याले सुटुक्क थाल हटाइदिइन् र चियाको गिलास राखिदिइन् । पायो स्वाद खाजाको ! थालमा हालेको हात गिलासभित्र पस्यो र तातो चियाले पोलेर चिच्यायो ।

तीनैजना मज्जाले हाँसे । नकुलले बहिनीको हर्कत हो भनेर थाहा पाइहाल्यो । ऊ पिट्नलाई उठिसकेको थियो । ड्याडीले कुममा समातेर थेचारिदिए । नकुल बेसरी कराउन थाल्यो ।

बहिनीलाई दादाको माया लाग्यो र कुदेर गइन् । उनले ‘फ्रिज’ बाट बरफका टुक्राहरू बटुलेर एउटा कपडामा पोको पारी पोलेको ठाउँमा सेकिदिन खोजिन् । नकुलले गाली गर्दै बहिनीको हात फालिदियो ।

ममीले राम्रो मुखले सम्झाउन लागिन्, ‘हेर छोरा ! हामीले तिमीबाट केही पाउने आशा गरेका छैनौँ । हामी चाहन्छौँ, तिम्रो भविश्य उज्ज्वल बनोस् । विदेशै ताकेरचाहिँ केही हुन्न है ।’

छोराले उही ‘रेडिमेड’ उत्तर दियो, ‘हैन मम् ! म त युरोप नै जाने हो । मेरै चार जना साथीहरूको ‘भीसा’ लागिसक्यो !’

छोराको कुरा सुनेर सहदेवको र्बबनी तातेर आयो र हकारे, ‘अँ, अँ ! विदेशमा त सित्तैँमा डलर टिप्न पाइन्छ होला नि ! तँलाई विदेशै जान मन छ भने अर्को बाटो पनि त खुला छ । लोकसेवा पास गरेर परराष्ट्र मन्त्रालयमा परिस् भने त राजदूतावास…!’

‘फेरि उही कुरा ? फेरि पुरानै रटान हजुरको ?’ छोरो एक्कासि चिच्याएर भन्न लाग्यो, ‘मलाई यो झारे लोकसेवाको कुरै नगर्नोस् भनेको छु त । हजुरले के पाउनुभयो भन्नोस् त ? कुनै नेताको गुलामी नगरी जागीरमा टिक्न सक्नुहुन्छ ? प्रमोसन पाउनुभएको छ ? सरूवा माग्दा पाउनुभयो ?’

‘यो कुराचाहिँ ठीकै गरिस् छोरा !’ ममीले मनको उहापोह पोखिन्, ‘अहिले देशमा भएकै त्यही छ । जनताका छोराछोरीहरू मरेर गए । मोज गर्नेचाहिँ नेताका सन्तानहरू ! जनताका छोराछोरीलाई ‘बुर्जुवा शिक्षा’ को नाममा स्कुल बहिष्कार गर्न लगाई काँधमा बन्दूक भिराए । तर नेताका सन्तान विदेशमा पढाए । आज सरकारी सुविधा खानेहरू तिनै छन् ।’

ड्याडीको बढी ‘भासन’ सुन्नुपर्ला भनेर नकुल बाहिर निस्कियो । छोराको ताल देखेर सहदेव निराश भए । उनी टेबलको कम्प्युटरमा काम गर्न मेचमा बसे । तर बिहानको निमन्त्रणापत्रले उनको ध्यान खिचिदियो ।

उनले उक्त कार्ड उठाए । पुस्तक–दराजमा पनि केही कार्डहरू थिए । सबै कार्डहरू लिएर उनी भान्छामा गए । उनले छोरीलाई पल्लो कोठामा गएर होमओर्क गर्न आग्रह गरे ।

तरकारी केलाउँदै गरेकी मन्दोदरीले भनिन्, ‘अब त केन्द्रीय राजधानीमा टिक्न नसकिएलाजस्तो छ श्रीमान्जी ! चाँडै सरूवा मिलाउनूस् । अब आफ्नै राजधानीमा गई काम गरौँ हुन्न र ?’

श्रीमान् आश्चर्य मान्दै भन्छन्, ‘तिम्रा साथीहरू छन् । मेरा साथीहरू छन् । तिनीहरूलाई जे गर्न पनि पुगेकै छ ! ‘पास्नीदेखि लिएर बर्थ डे पार्टीसम्म, ब्रतबन्धदेखि लिएर एन्नीभर्सरी पार्टीसम्म’ खर्च गर्न सक्छन् ! हरेक महिना लुगा किन्छन् । पहेँलो धातुका गहना फेरी फेरी लगाएकै छन् !’

श्रीमती थप्छिन्, ‘सबैभन्दा गाह्रो त हामीजस्ता निम्नमध्यम वर्गीय परिवारलाई छ सहदेव सर ! निमन्त्रणा आएको ठाउँमा जानै प¥यो । नत्र साथीभाइको समूहमा ‘कन्जुस’ को उपनामले परिचित भइन्छ । गयो भने सधैँभरि अभावै अभावसँग सामना गर्नुपर्छ । न त तलै झरेर बस्न सकिन्छ । न त सकिन्छ माथि नै पुग्न ।’

सहदेवले प्रसङ्गकै कुरा गरे, ‘शिवानीलाई नपुग्दो के छ, भन त मेडम ? तर उपहार त गतिलै लान प¥यो नि हैन ? हो, यस्तै यस्तै कुरामा हाम्रो खाता रित्तिन्छ म्याम ! समय र सन्जोगले जुराइदिएको साइनो छ नि ! तिम्री प्यारी साथी । अनि प्यारी साथीको आदरणीय दाजु म । मेरो हातमा छ, अबरपति ‘बहिनी–साथी’ को ‘ह्याप्पी म्यारिज एन्निभर्सरी पार्टी’ को निमन्त्रणापत्र !’

अन्ततः सहदेव र मन्दोदरीले सरकारको ‘सङ्घीय शासन’ को मर्मलाई आत्मसात् गर्नै पर्ने भयो । काठमाडौँ छाड्ने निर्णयमा पुगे ।

तर नकुलले ‘ब्ल्याक मेलिङ्ग’ ग¥यो ! साइत पारेर डेराघरबाट प्रस्थान गर्ने बेलामा शिवानीको मोटर आएर बाटो छेक्यो । नकुल र शिवानी मोटरबाट ओर्लिए ।

शिवानीले भनिन्, ‘यो तैँले राम्रो निर्णय गरिनस् साथी ! नकुलले भर्खरै हाम्रो कम्पनीमा काम सिक्दै छ । तेरो यो हर्कतले छोराको प्रगतिको बाटोमा काँडा बिछ्याएजस्तो भयो मन्दोदरी !’

सहदेवलाई झनक्क रिस उठ्यो र जवाफ दिए, ‘हाम्रो छोरो, तिम्रो पनि छोरै सरह हो । यसलाई तिमीले लगेर राख न त शिवानी बहिनी । युरोप जाने रहर छ यसको । तिमीले नै पठाइदेऊ ।’

नकुल पछि हट्दै भन्छ, ‘म त जान्नँ हजुरहरूसँग ।’

मन्दोदरीले शिवानीलाई जिस्क्याइन्, ‘के छ विचार शिवानी ? लगेर पाल्छेस् त हाम्रो छोरालाई ?’

शिवानीले मुखले जवाफ दिइनन् । व्यवहारले देखाइदिइन् । नकुललाई अँगालो हाल्दै मोटरमा बसाइन् । मोटर स्टार्ट गरिन् । नकुलको पारा देखेर सहदेवलाई उदेक लाग्यो ।

मन्दोदरीले भित्र अरू कोही छ कि भनेर शिशाबाट हेरिन् । पछिल्लो सिटमा कल्पना बसेकी रैछ । उसले नमस्कार गरी । तब मन्दोदरीको मुटमा चसक्क ग¥यो । मोटर गुड्यो ।

तब कौशल्या भन्न लागिन्, ‘ममी, रोक्नूस् न दादालाई । छिटो रोक्नूस् न । ममी, ड्याडी ! ममी…!’

ड्याडीले सम्झाए, ‘तिम्रो दादा आजदेखि पराई भयो छोरी । ऊ अब विदेश जान्छ । अब हामी गाउँ जाने । गाउँको घरमा हजुरआमा, हजुरबुबाले नातिनी कहिले आउँछिन् भनेर बाटो हेरिरहनुभएको छ छोरी । जाऊँ हामी ।’

शिवानीको मोटर ओझेल परिसकेको छ । एउटा ट्याक्सी आएर रोकिन्छ । सहदेवहरू ‘ब्रिफकेस र झोलाहरू ‘लोड’ गर्न थाल्छन् । तीनैजना पछिल्लो सिटमा बस्छन् । ढोका लगाउँछन् । ट्याक्सी बसपार्कको बाटोतिर हुइँकिन्छ । हुइँकिरहन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button