मेलम्चीमा होमस्टे व्यस्थापन तथा प्राङगारिक खेतीबाली तालिम
मेलम्ची, सिन्धुपाल्चोक । महिला उद्यमी महासंघ नेपालको आयोजना तथा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयको सहयोगमा होमस्टे व्यवस्थापन तथा प्राङगारिक खेतीबाली सम्बन्धि दुई हप्ते तालिम सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. २ जैसीगाउँमा संचालित कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापनको अवसरमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयका प्रमुख नुमन ओकजनले महिलाहरुको आर्यआजन, सिप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । श्रम र सिपको सम्मान हुनुपर्नेमा जोड दिदै ओकजनले आफुले मेलम्ची नगरपालिका भ्रमण गर्दा साहसिक तथा सांस्कृतिक पर्यटनको अत्यन्तै सम्भावना देखेको बताउनु भयो ।
समता मुलक समाज निमार्णको लागि महिलाहरुको सहभागितालाई आर्य आर्जन सँग जोडन तालिम संचालन गरिएको महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले बताउनु भयो । महिला शशक्तिकरणको लागि उद्यमशिलताका फरक फरक कार्यक्रमहरु देशैभर संचालन भइरहेको ज्ञवालीले बताउनु भयो । कार्यक्रममा महिला उद्यमी महासंघका द्धितिय उपाध्यक्ष सुनिता वैध्य श्रेष्ठ तथा सचिव सुमित्रा श्रेष्ठ पलान्चोकेले तालिममा सिकेको सिपलाई व्यवहारमा रुपान्तरणको लागि शुभकामना व्यक्त गर्नुभयो । भविष्यमा समेत सिकाईलाई निरन्तरता दिइने महिला उद्यमी महासंघका कार्यक्रम संयोजक रमोला स्थापितले बताउनु भयो । प्रकृति रिर्सोटका संचालक अरुण श्रेष्ठले स्वास्थ्यको लागि प्राङगारिक खेतीबालि र जैविक मलको प्रयोगलाई बढावा दिनुपर्ने बताउनु भयो । प्रकृति रिर्सोटमा विषादी रहित खानेकुरा उपलब्ध गराइरहेको बताउँदै श्रेष्ठले सरकारले यसतर्फ सोच्न ढिला भैसकेको बताउनु भयो ।
तालिम कार्यक्रम बाट प्राङगारिक खेती, जैविक मल, रैथाने विउ विजन, पाहुनालाई स्वागत सत्कार, रैथाने परिकार निमार्ण, घुमाउने कला, सांस्कृतिक कार्यक्रम तथा पर्यटनको महत्व बारेमा सिकाई भएको प्रशिक्षार्थी इन्दिरा खतिवडाले बताउनु भयो । दशै अघि नै होमस्टे संचालन गरी अर्गानिक खानेकुरा दिन सक्षम भएको गोमा योञ्जन तामाङले बताउनु भयो । दुई हप्ते तालिम कार्यक्रममा प्राङगारिक खेतीबालितर्फ रामु राउत र प्रा.डा. आनन्द शोभा ताम्राकार तथा होमस्टे व्यवस्थापनतर्फ भुमराज तिवारीले सैदान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिम कार्यक्रमको समापन मेलम्ची नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)