जहाँ बाबुले पढे र छोरी पनि पढ्दैछिन्

उत्कृष्ट शैक्षिक गन्तव्य राममणि क्याम्पस

तिलोत्तमा नगरपालिकाको मुटु मणिग्राममा रहेको राममणि बहुमुखी क्याम्पस यस क्षेत्रका विद्यार्थीहरुको लागि उच्चशिक्षा प्राप्त गर्ने उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा रहेको छ ‌। २०४५ सालमा स्थानीय जनताको सक्रियतामा स्थापना भएको यो क्याम्पस केवल यो क्षेत्रका जनताको मात्र नभएर रुपन्देही जिल्ला, समग्र लुम्बिनी प्रदेशकै शैक्षिक केन्द्रको रुपमा रहेको अर्थशास्त्री डा.बाबुराम ज्ञवालीले बताउनुहुन्छ ।

शिक्षा संकायमा स्नातक, मानविकी र ब्यवस्थापनमा स्नातकोत्तरसम्म पढाइ हुने यस क्याम्पसमा प्लस टु मा विज्ञान, व्यवस्थापनका विषयहरु पढाइ हुने क्याम्पसका सहायक क्याम्पस प्रमुख खुमाकान्त पाण्डेले बताउनुभयो । विज्ञान र प्रविधिको आजको युगमा यस क्षेत्रमा विज्ञान विषयको राम्रो शैक्षिक संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै खोलिएको प्लस टु मा विज्ञान विषय अध्यापन गराउन लागिएको प्राध्यापक मुक्तिनाथ गैह्रे बताउनुहुन्छ । लामो इतिहास, उत्कृष्ट नतिजा, व्यवस्थित पठनपाठन, दक्ष शिक्षक टिमका कारण राममणि क्याम्पस प्लस टुदेखि स्नातकोत्तरसम्म अध्ययन गर्न सकिने उपयुक्त गन्तव्य बनेको छ ।

आफुले पनि यहि कलेजमा पढेको, आफ्नी छोरीलाई पनि यही क्याम्पसमा पढाउन पाउँदा गर्वको महसुस भएको रेशम पौडेलले बताउनुहुन्छ । विभिन्न छात्रवृत्तिको व्यवस्था भएकोले राम्रो पढाइ भएको विद्यार्थीलाई निकै सहज रहेको उहाँले बताउनुभयो । भैरहवा, बुटवलजस्ता भिडभाडयुक्त व्यस्त शहरबिच ठूलो खेलमैदान, मनोरम फुलबारी, कोलाहलरहित वातावरणमा पढ्नको लागि राममणिको विकल्प नरहेको विद्यार्थी अङ्कित ज्ञवालीले बताए ।

यो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा मात्र होइन, प्लस टुमा पनि लुम्बिनी प्रदेश र यसको आसपासका जिल्लाबाट विद्यार्थीहरु आउने गरेको प्राध्यापक गङ्गा खड्काले बताउनुहुन्छ । कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रोल्पा, प्युठानका विद्यार्थीहरु यहाँ अध्ययन गरिरहेका छन् । आफु रोल्पाबाट आएर जागिर गर्दै राममणि क्याम्पसमा अध्ययन गरेको बताउने दलप्रकाश शाहले आफुले यस क्याम्पसमा निकै अपनत्व अनुभव गरेको भन्दै आफ्नो भाइलाई पनि यही क्याम्पसमै पढाउने बताउनुभयो । प्रदेश सरकारले सामुदायिक कलेजमा प्लस टु विज्ञान पढ्ने छात्रालाई प्रतिमहिना एकहजार छात्रवृत्ति दिने व्यवस्था गरेको संयोजक अरुण साहनीले बताउनुभयो ।

जुनसुकै शैक्षिक संस्थाको सफलता त्यहाँका‌ विद्यार्थीबाट मापन हुने भन्दै आफ्ना विद्यार्थीहरु देश विदेशमा विभिन्न स्थानमा उत्कृष्टता, दक्षता प्रदर्शन गरिरहेका छन् भन्दै न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न राममणि निरन्तर लागिरहेको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बताउनुभयो । किताबी कोरा ज्ञानमात्र आजको समयमा शिक्षाको लक्ष्य नभएको बताउँदै राममणि क्याम्पसले अतिरिक्त क्रियाकलापमा जोड दिने, विद्यार्थीमा विवेक र दक्षता अभिवृद्धि गर्न सामाजिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिने, अभिभावक शिक्षाका कार्यक्रम पनि गर्दै आइरहेको उहाँले बताउनुभयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button