
काँडे भ्याकुर, जो नेपालमा मात्र पाइन्छ

जय भण्डारी
फोटोः सुगम ताम्राकार
कैला कैला पेटमा धर्का, सेता घाँटी गाला
फुस्रो शरीर अनि गाजले तिलस्मी आँखा
नेपालको काँडे ,पोथ्रे, घाँसे बनमा घर
टीटर–टीटर र प्रिप–पीप पीप–चुररररर
यस्तै मोहित बोली,अनि उसको कोकिल स्वर
देशकै शान राख्ने चरा जान्नु काँडे भ्याकुर ।
नेपालमा पाईने एक मात्र रैथाने (स्थानिक) प्रजातिको चरा काँडे भ्याकुर हो । यो संसारका अरु कुनै पनि देशहरुमा पाईँदैन । काँडे भ्याकुर ताप्लेजुङदेखि डोटीसम्म, समुन्द्र सतहबाट ५०० मि. देखि २१५० मि. उचाईसम्मका क्षेत्रका खेतबारी, मिश्रित घाँसे झाडी, पोथ्रा बनपाखाहरुमा पाईने गरेको छ । बिशेष गरी यो काँडे उन्यू वा खरुघाँसमा गुँड लगाउने र पोथ्राको हाँगामा बसी गीत गाउने गर्दछ । उन्यू वा खरुघाँसमा र काँडे र खस्रा बनमा बस्न मनपराउने भ्याकुर भएकोले पनि यसलाई काँडे भ्याकुर भनिएको हो ।
खैरो कैलो शरीर र अनुहारदेखि घना सेतो धर्काहरु पेटसम्म फैलिएको हुन्छ । जति यसको सुन्दर काया छ, त्यो भन्दा पनि यसको कोकिल र कर्णप्रिय स्वर अनि गीत पनि । यो साना रुखका हाँगामा बसेर टीटर–टीटर–टीटर–टीटर र प्रिप–पीप–पीप–पीप–चुररररर गर्दै गाउने गर्छ । यो सुन्दा जोकोही पनि मन्त्रमुग्ध नभई रहन सक्दैन । यसले नला रङका ३ देखि ४ वटा फुल पार्छ भने १८ देखि २१ सम्म कोरलो बसी बच्चा काड्ने गर्छ ।
नेपालको सन्दर्भमा काँडे भ्याकुरले राष्ट्रिय चराको जत्तिकै महत्व राखेको छ । कतिपय स्थानिय निकायले निति तथा कार्यक्रममै यसको संरक्षणका कार्यक्रमहरु समेटेका छन् तर कार्यन्वयन पक्ष भने फितलो रहेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




सर यो english मा spiny babler नाम दिएको चरा यहि हो ?
Yes.