‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने गार्डको बढुवा

राजाकाे मर्निङ् वाक

बाबुराम पाैडेल

सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्षति भएछ । राजा महेन्द्र बाढीपहिराे राहत-उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे । सेनाकाे ब्यारेकभित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएसओबिना ब्यारेक बाहिर निस्किए ।

राजा एक डेढ घण्टापछि मर्निङ् वाकबाट फर्किएर ब्यारेकमा पस्न खाेज्दा गेटमा बसेकाे सेक्यूरिटी गार्डले ‘पासवर्ड’ माग्याे । राजाले जानी जानी ‘पासवर्ड’ थाहा छैन भनेर आफू ‘राजा महेन्द्र’ भएकाे परिचय दिएर ब्यारेकभित्र जान दिन अनुराेध गरे । गार्डले ‘म राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्याे । गेटमा भैरहेकाे याे गलफत्ति एकजना सुबेदारले देखेछन् । सुबेदारले राजालाई चिनी हाले । ‘लाै बर्बाद भयाे, सिपाहीले राजालाई राेक्याे’ भन्ने बुझेर सुबेदार कुदेर गेटमा पुगे । राजालाई सलाम गरेर आफुले मेजरबाट प्रबेश अनुमति ल्याउने ब्यहाेरा जाहेर गरे । मेजरसंग गएर उनले गेटमा भएकाे बिवरण जाहेर गर्नासाथ मेजरकाे साताे गएर हस्याङ् फस्याङ् गर्दै गेटमा पुगेछन् । मेजरकाे आदेश पछि गार्डले बल्ल राजालाई भित्र जान दिएछ ।

राजा ब्यारेकबाहिर निस्कँदा बसेकाे गार्ड बदली भएर गुरुङ्ग थरकाे सिपाही गार्ड बसेकाे रहेछ । आठ बजेतिर राजाले चिया नास्ता खाईसके पछि मेजरसहित बिहान गेटमा बस्ने गार्डलाई बाेलाउन पठाए । मेजरकाे फेरि साताे गएर अब चाहिँ आफ्नै जागीर नरहने पक्का ठानेछन् । राजाकाे अगाडि गाेडा कमाउँदै खडा भएमा मेजर र त्याे गार्डकाे हालत चिन्ताजनक देखेर राजा मुसुक्क गर्दै गार्डकाे नाम थर घर साेधे रे । मेजरलाई आदेश दिंदै राजाले भनेछन् कि ‘सैनिक कानून अनुसार तिम्राे अधिकार भए तिमीले दिनु, नभए माथिल्लाे निकायबाट याे सिपाहीकाे बढुवा पत्र आजै मगाउनु ।’

(याे कथ्य म आफु सुरक्षा निकायमा कार्यरत रहँदा सेनाकै अधिकृतबाट प्रशंगबस सुनेकाे हाे)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button