‘प्रतिष्ठान प्रदेश अन्तर्गत ९१ पत्रकार संक्रमित’

बालकृष्ण अधिकारी
अध्यक्ष, प्रतिष्ठान प्रदेश, नेपाल पत्रकार महासंघ

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा तीब्र गतिले फैलिरहेको छ । दैनिक आठ हजार भन्दा बढिमा संक्रमण पुष्टी हुनुको साथै ५५ भन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । यसबाट आम जनतालाई सुसूचित गराउने जिम्मेवारीमा रहेका पत्रकारहरू पनि यसबीचमा संक्रमित हुन पुग्नु भएको छ । उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गर्ने क्रममा प्रतिष्ठान प्रदेश अन्र्तगत ९१ जना पत्रकारहरू संक्रमित हुनु भएको छ । ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहमा शाखा अध्यक्ष र पत्रकारहरूसँगको टेलिफोनमार्फत बुधबार साँझसम्म प्राप्त जानकारी अनुसार १९ शाखासहित २५ मा कार्यरत पत्रकारहरु संक्रमित हुनु भएको छ ।

संक्रमित हुनेमा रासस, रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिका, सामुदायिक सुचना नेटवर्क, नेपाल लाइभ, पहिलो पोष्ट÷विजमान्डु, नेपालखबर, इमेज, कान्तिपुर एफएम, हिमालयन टेलिभिजन, रिपब्लिका, अनलाइन खबर, च्यानल नेपाल, मिडिया होम, रातोपाटी र नेपाल न्यूज एजेन्सीका पत्रकार र सहकर्मीहरु हुनुहुनछ । त्यसमध्य प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहित केही पदाधिकारी संक्रमित हुनु भएको छ । संक्रमित च्यानल नेपालका शाखा अध्यक्षको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको पाटन, नर्भिक, टेकु, प्रहरी हस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बुसहितका अस्पतालमा उपचार भइरहेको छ । बाँकी घर, होटलमा आइसोलेसनमा बसिरहनु भएको छ । संक्रमित सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा विभिन्न सञ्चार गृहले स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै घरबाटै कार्यसम्पादन गर्ने, आलोपालो कार्यालय आउने र कतिपय सञ्चारगृहले अतिवाश्यक सहकर्मीहरुलाई कार्यालयमै राखेर पनि कार्यसम्पादनको कार्य गर्दै आएका छन् । तीब्र गतिमा बढेको संक्रमणले अपनाइएको स्वास्थ्य सर्तकताका बाबजूत कार्यस्थलमा खटिने पत्रकारहरु संक्रमित हुनेक्रम रोकिएको छैन । यस्तो कठिन घडीमा अझ बढी गम्भीर र सचेत हुँदै आफ्नो पेशागत धर्म निर्वाह गर्न सबैमा हार्दिक अनुरोध गर्दछु । संक्रमण समुदाय स्तरमै फैलिएकाले कार्यालयमा आउँदा मात्र होइन घरमा बस्दा पनि सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्दै कार्यसम्पादनमा सक्रिय रहन अपिल गर्दछु । साथै, स्वास्थ्य संकटको यो समयमा दिन समाचार कक्षका प्रमुख र व्यवस्थापन पक्षले कार्यसम्पादनलाई सम्भव भएसम्मको सहजिकरण गरिदिन पनि अनुरोध छ ।

२०७८।०१।२३ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button