‘धौलागिरिको पत्रकारिता’ सार्वजनिक

‘धौलागिरिको पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।

धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले धौलागिरिको पत्रकारिताको ७० वर्ष लामो इतिहासको विविध खोज, अध्ययन र अनुसन्धानमूलक सामग्रीसहितको पुस्तक सङ्ग्रहणीय र पठनीय भएको बताए ।

धौलागिरिको पत्रकारिताको ७० वर्षको इतिहास, वर्तमान र धौलागिरिको पत्रकारिताका विषय समेटेर पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक दिल शिरिषले बताए । ‘हस्तलिखितदेखि डिजिटल पत्रकारितासम्म र बागलुङदेखि मुस्ताङ, म्याग्दी र पर्वतसम्मको महासङ्घको इतिहास सबै समेटिएको छ’, शिरिषले भने ।

पुस्तकमा २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिका ‘सहीबाटो’ देखि अहिलेको डिजिटल पत्रकारितासम्मका अभ्यास र अनुभव समावेश गरिएको छ । पुस्तकको पहिलो खण्डमा धौलागिरिको पत्रकारिताको इतिहास, पहिलेका पत्रकारिताका अभ्यास, कठिनाइ, र चुनौतीहरु समावेश गरिएको छ भने दोस्रो खण्डमा धौलागिरिका पत्रकारिताका विविध आयामलाई समावेश गरिएको छ ।

तेस्रो खण्डमा धौलागिरिका पत्रकारका अनुभव र अभ्यासको पाटो समावेश छ भने चौथो खण्डमा धौलागिरिमा पत्रकार महासङ्घको शुरुआत, सङ्घर्ष र हालको संस्थागत विकासको अवस्था उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button