पत्रकार महासंघमा सबैथरी पत्रकारहरुले जित्नु पर्छ

सन्दर्भः नेपाल पत्रकार महासंघ निर्वाचन

बबिता बस्नेत

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको चुनाव यही चैत्र २५ गते बुधबार हुदैछ । साथीहरु आ-आफ्ना राजनीतिक दल निकटका प्यानल बनाएर उठ्नु भएको छ ।

मेरो विचारमा पत्रकार महासंघमा एउटै विचार राख्ने नभएर सबैथरी पत्रकारहरुले जित्नु पर्छ । उस्तै विचार भएकाहरुका लागि त प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतका संस्था छँदै छन् नि ।

एउटै रंग र उस्तै फूलको भन्दा फरक फरक रंग र फुलको माला राम्रो हुन्छ । समावेशीता र विचार दुवैमा यो लागु हुन्छ । महासंघलाई कस्तो बनाउने भन्ने हात उम्मेद्वारको भन्दा बढी मतदाताको छ ।

त्यसैले पत्रकार महासंघ सबैको साझा हुने गरी मतदान गर्ने हो कि भन्ने मेरो सुझाव छ ।

(तपाई पनि नेपाल पत्रकार महासंघको निर्वाचनबारे आफ्ना विचार प्रकाशित र्न चाहनु हुन्छ भने नेपालनाम्चा सम्झनुहोला । र, सम्झनुहोला nepalnamcha@gmail.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button