‘अन्नपूर्ण’ छाडेपछि ठाकुरका ‘ठूला’ कुरा

केही दिनअघिमात्र प्रेस काउन्सिल नेपालका सदस्य बनेका चर्चित रेडियोकर्मी ठाकुर बेलवासे २०७३ चैतमा रेडियो अन्नपूर्ण नेपाल प्रवेश गरेका थिए । क्याप्टेन रामेश्वर थापासँग उनको विशेष सम्बन्ध रहेको अन्नपूर्ण नेटवर्कमा चर्चा हुने गरेको त्यहीँ कार्यरत एक पत्रकारले बताए । उनका अनुसार थापाका ‘विशेष मान्छे’ भएका कारण उनलाई रेडियोबाट हटाइदैन भन्ने आकलन थियो । बेलवासेले भने, ‘यो आन्तरिक कुरा भएकाले समाचारको बिषय होइन ।’

उनलाई एपीवानको कार्यक्रम एपी मञ्च संचालनको बिशेष जिम्मा दिने समेत भनिएको थियो रे । तर, न उनले त्यो जिम्मेवारी पाए न त रेडियोमै निरन्तरता । रमाइलो के भने, भित्र जेजस्तो भए पनि बेलबासेले फेसबुकमा लेखे, ‘हार्दिकतापूर्ण बिदाइका लागि अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाप्रति आभारी छु ।’

अर्को दिन फेरि अर्को पोस्ट गरे, ‘ठूला संचारगृहका सम्पादक या व्यवस्थापनमा बस्नेहरूले साहुलाई खुशी बनाउने भन्दा पनि साहुको भविष्य जोगाउने काम गर्दा साहु, आफ्नो अनि पत्रकारिताको भविष्य जोगिन्छ कि ?’

‘चेत फिरेको भर्खर ? अब कफी खान मज्जा आउँछ’, रामगोपाल आशुतोषले प्रतिकृया लेखे ।

भरत कोइरालाले भने, ‘बाहिरिएपछि कडा गयो त हजुर ।’

‘स्फटिक जस्तै पत्रकार बन्न खोजियो भने टेकु खोलाले बगाउँछ’, ओमप्रकाश सुवेदीको प्रतिकृया थियो ।

पूर्व अन्नपूर्णकर्मी राजन नेपालले भने, ‘बिरालोको बारेमा एउटा कथन छ नि दाई । बिरालोले भन्छ रे नि त, घरका सबै मरेपछि तातो चुलोमा मस्तसँग सुत्ने थिएँ । बाँकी दाजुले नै बुझिहाल्नु हुन्छ ।’

श्यामसुन्दर पुडासैनीको भनाई छ, ‘कुरो सहि हो ।’

‘दासहरुको अनुभव’, केदारनाथ कोइरालाले छोटो तर कडा लेखे ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button