माडीको अयोध्यापुरीमा मिडिया तालिम शुरु

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले ५ माघ सोमबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी होमस्टेमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता (मोजो) तालिम शुरु गरेको छ ।

पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्ने उद्देश्यले २० जना पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ । तालिमको उदघाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा बसेर मल्टिमिडिया र यहाँको समाज अध्ययन गरिदिन सहभागी पत्रकारलाई आग्रह गरे ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारलाई आधुनिक र दक्ष बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको हो । सापकोटाले भने, ‘इन्टरनेटमा सहज पहुँचसँगै लोकल ग्लोबल र ग्लोबल लोकल भएको परिस्थतिमा मोबाइललाई पत्रकारले प्रयोग गर्ने ज्ञान तालिममा संचालन गरिएको हो ।’ सापकोटाका अनुसार आगामी दिनमा मल्टिमिडिया र डिजिटल पत्रकारिताका अन्य बिषयमा पनि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

चारैतिर जंगलको वीचमा रहेको माडीको साँस्कृतिक, धार्मिक र सामाजिक महत्व बुझदै डिजिटल पत्रकारिता सिक्ने अवसर जुटाउन अयोध्यापुरी होमस्टेमा तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ ।

पत्रकार विकास कार्की र विजय गजमेरले शुक्रबारसम्म सञ्चालन हुने मल्टिमिडिया तथा मोबाइल पत्रकारिताका विविध पक्षमा तालिम दिनेछन् ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले अघिल्लो बर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button