ठाकुर, जसलाई जुनसुकै खानेकुरा अत्यन्तै मीठो लाग्छ

ठाकुर बेलवासे, ०३३, अर्घाखाँची । बसोवास चन्द्रागिरी, काठमाडौं । स्नातकोत्तरसम्मको शिक्षा । कविताकृति- सागरको वरिपरि मनहरूको समारोह´-०५८, ´अचनक यो सांझ´-२०६७, ´त्रासमा ईश्वर´-०६९,यतैकतै´-०७७ संयुक्त कविताकृति । पुरस्कार- विराट नेपाल कविता महोत्सव -२०५८, प्रथम, राष्ट्रिय कविता महोत्सव-२०५८, तृतीय, राष्ट्रिय कविता महोत्सव-२०६९, प्रथम, मोती पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय पत्रकारिता पुरस्कार, वनिता व्यथित काव्य पुरस्कार लगयत दुई दर्जन । सम्प्रति: पत्रकारिता ।

आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा उनै बेलवासे ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मेरो खानेकुरामा कुनै रोजा छैन । जुनसुकै खानेकुरा अत्यन्तै मीठो लाग्छ । दाल, भात, तरकारी, अचार, घ्यू र दही अझ मन पर्छ । मन पर्नुको कारण छैन । मीठो लाग्छ, बस !

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
नेपालका हरेक ठाउँ निकै मनमाेहक लाग्छन् । एक पटक गएर, पुन: जान नसकिने ठाउँ मन पर्नुकाे त्यति अर्थ देख्दिन । यसैले मेरा लागि त्यस्तो विशेष ठाउँ छैन । जहाँ जान्छु, त्यही रमाउँछु ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
म्याक्सिम गाेर्कीकाे आमा उपन्यास मैले पढेकाे पहिलाे उपन्यास हाे । उपन्यासले बाेक्ने विषयवस्तु मात्रै नभएर मैले पढेकाे पहिलाे साहित्यिक कृति भएका कारण पनि मलाई याे कृति खुब मन पर्छ । यसपछि विश्वेश्वरप्रसाद काेइरालाका तीनघुम्ती´ रबाबु,छाेरा र आमा´ उपन्यास पनि मन परेका कृति हुन् । यसमा काेइरालाले महिला-पुरूषकाे जीवन संघर्षसंगै कामवासनाकाे मनाेविज्ञानलाई निकै राम्रोसंग खेलाएका छन् । मन पर्ने कृतिको लामो लिस्ट छ । औसत भन्दा कमजोर पुस्तक पढेर समय खर्च नगर्ने आदत छ । कविताकाे बिद्यार्थी भएका कारण कविता निकै मन पर्छ । मन पर्ने कविताका कृतिको संख्या असंख्य छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
वास्तवमा मलाई सबै मान्छे औधी मन पर्छ । मान्छे सम्बन्धका आधार राम्रो नराम्रो हुने हो । छाेटाे सम्बन्ध गरेर मान्छे मान्छेकाे मूल्यांकन गर्नु गलत हाे । लामाे संगत गरेर मान्छेका कमजोरी मात्रै खाेज्नु झन मूर्खता हाे । सकेसम्म सरल, सहज र सादगी मानिस मन पर्छ । संगत गरेका मानिसमा सामान्य मानवीय गुण द्खिन/भेटिन भने म संगत नै गर्दिन । आमालाई छान्न मिल्छ, भने ईश्वर र आफू भन्दा पनि मन पर्छ । त्यस्तै मन पर्ने मेरो दाजु गोपाल बेलवासे । उहाँहरूले कसैलाई दु:खी बनाउनु हुन्न ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
म मानप्रतिष्ठामा लाेभ गर्दिन् । यी आत्मभ्रान्तिका कुरा हुन् । प्राप्त हुँदा ठिकै छ, हुँदा जीवनलाई केही असर पर्दैन भन्ने साेच म संगछ । याे नै मलाई मेराे मन पर्ने कुरा हाे ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
अहिले तत्काल सम्झिन सकिन । अहिले बजारमा देखिएका भन्दा भिन्न सादगी, देश र नागरिकभक्त पक्कै काेही थिए । र देश जोगिएको थियो । उनीहरूप्रति नमन । आज नयाँ- पुरानाका नाममा देश लुटिएको छ ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ?
सानो उमेरमा तिहार ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
पत्रकारिता, जुन मैले गरिरहेको छु । नागरिक र देशका पक्षमा लेख्न, बोल्न पाइन्छ । अरूलाई थाहा दिन सकिन्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
हल्का नीलो र पहेलो । शान्त लाग्छ । शीतल लाग्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
`दुईटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ´ ईश्वरवल्लभको रचना, नारायणगोपालको स्वर, संगीत । यसले जीवन र प्रेमलाई गहिरो र जटिलसंग अथ्र्याएकाे छ । पुराना गीतसंगीत मन पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button