‘छुनुमुनु साथी’को इन्द्र लोहनी स्मृति

सरला गौतम

‘तपाईंको कार्यक्रममा राजनीति बढी भो, खोइ समाज ?’, भन्दै एउटा इस्यु लिएर इन्द्र लोहनीको अफिस गएँ । उक्त इस्युमा रिसर्चको जिम्मा मैले नै पाएँ । स्क्रिप्ट पनि तयार गरेँ ।

‘सामाजिक मुद्दाको जिम्मा लिनुस्, मिलेर कार्यक्रम गर्ने’, भन्नुभयो ।

पुतलीसडकको सो अफिसमा भुपि शेरचन, गान्धीदेखि योगीसम्म छलफल हुन्थ्यो ।

एक दिन इन्द्र लोहनीले भन्नु भयो, ‘सरलालाई साथी भनम सानी छ, सानी भनम कुरा ठुला ठुला छ्न्, आजदेखि छुनुमुनु साथी भन्छु ।’ त्यसो भनेको भर्खर जस्तो लाग्छ ।

‘योगी’ पढ्नु है भनी दिएको पुस्तक मसँग छ । आफुले लेखेको पुस्तक भने दिन पाइनँ । मिस हुन्छ । स्नेही भएर उत्प्रेरित गर्ने एक अग्रज । सर्वोच्च अदालत, अनामनगर र पुतलीसडकको बाटो पर्दा झसँग हुन्छु ।

अझै पनि कालो कोट लगाएको अग्लो मानिसले हात हल्लाउदै बोलाउँछ कि जस्तो लाग्ने । हरेक पटक मन दुर्बल भएजस्तो लाग्दा म यो पुस्तक योगी पढ्छु ।

(गौतमको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button