रेडियो मिल्ने साथी हो, बोल्ने मेरी प्यारी दिदी हो

प्रीति आत्रेय ज्ञवाली

जगाउँथ्यो सानामा
शङ्ख धुनको नादमा
धर्म–समाचार कुरामा ।

शुरुवात दिनको
बटारी कान रेडियो
समाचार सधैँ सुनियो ।

बिहानमा धार्मिक
दिदीको मिठो बोलीमा
संस्कृत हिन्दी समाचार ।

लाग्थ्यो जहिले सुन्दा
रेडियो मिल्ने साथी हो
बोल्ने मेरी प्यारी दिदी हो ।

पछि आए एफ् एम
अतिथि बनी यौटामा
मौका मिल्यो भन्ने विचार ।

सिंहावलोकन भो
ती विगतका कुराको
आज रेडियो दिवस हो ।

प्रविधिले सजिलो
हात हातमा रेडियो
युट्युबले झनै सजिलो ।

अनुकूल समय
जता जाउँ उतै छ
सञ्जालले झनै सहज ।

जताततै पहुँच
रेडियो सर्वसुलभ
मनलाग्दा सुन्न सरल ।

रेडियोको सम्झना
भनेँ मनका भावना
दिवसको शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button