नयाँ पुस्ता: पत्रकारिता मेरो भविष्य अनि कलाकारिता रहर

माधुरी गौतम

मलाई बच्चैदेखि एक्टिङ एकदम मनपर्ने । नेपाली फिल्म दिनहुँ हेर्थे । र, पछि म पनि यस्तै कलाकार बन्छु भन्ने लाग्थ्यो । पारिवारिक समस्याले गर्दा सानोमा कहिँकतै पनि मैले मेरो रहर पूरा गर्न पाइनँ । एसइइपछि आफ्नो रहर पूरा गर्न २०७२ सालमा काठमाडौं आएँ । पढाई र काम यताउता हेर्दाहेर्दै मेरो रहर हराउँदै गयो । म काठमाडौं आएबाटै काम सुरु गरें । धेरै ठाउँमा काम गरें । आफ्नो खर्च आफैं जुटाएर प्लस टु गरेपछि पत्रकारितामा आएँ । सुरु-सुरुमा गाह्रो लाग्थ्यो । अहिले त बानी भैसक्यो ।

म जब पत्रकारितामा लागेर कला-साहित्यका विषयमा कलम चलाउन थालें, थिएटरसम्म पुगेर नाटक हेर्न थालें, तब मेरो हराएको रहर फेरि पलायो । मलाई कलाकारिता क्षेत्र एकदमै मन पर्छ तर त्यो भन्दा बढी पत्रकारिता क्षेत्र नै राम्रो लाग्यो । म पत्रकारितामा लागेको २ बर्षमात्र भाएको छ अनि कलाकारितामा ६ महिना । पत्रकारिता मैले पढेको विषय । मेरो वर्तमान र भविष्य नै यहि हो । म यसैलाई निरन्तरता दिन्छु । कलाकारिता मेरो रहर हो । अब रहर पूरा भएपछि बीचमै छोड्न पनि सक्छु । तर, पत्रकारिता देशको चौथो अङ्ग र कलाकारिता देशको गहना भएकाले म दुवैलाई उत्तिकै सम्मान गर्छु ।

मेरो अबको ‘ड्रिम’ भनेको पत्रकारिताबाट नाम कमाउनु र पढाइ सकेपछि राम्रो शिक्षक बन्ने छ । हेरौं, समयले कत्तिको साथ दिन्छ ।


माधुरी पासाङ ल्हामु शेर्पा मेमोरियल कलेज, सामाखुसीमा स्नातक तहमा अध्ययनरत छिन् । नेपालनाम्चाले सुरु गेरको नयाँ स्तम्भ ‘नयाँ पुस्ता‘मा प्रकाशित हुन माधुरीले जस्तै आफ्ना मनका कुरा लेखेर पठाउनु है । मनका कुरा पठाउने इमेल nepalnamcha@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button