म आधुनिक युटुबर, मौकाकाे फाइदा लिने विचार गरिहालें

लघुकथा: अन्तरवार्ता

विष्णु उप्रेती
सृजनानगर, भक्तपुर

अस्पताल परिसरमा निकै ठूलाे भीडले हाेहल्ला गरिरहेको सुनेर के काे हल्लाखल्ला भन्दै म पनि अस्पतालभित्र पुगें ।

म आधुनिक युटुबर, मौकाकाे फाइदा लिने विचार गरिहालें । भीडभित्र छिरेर एक जना अलि उच्च स्वरमा कराउने मानिसलाई लिएर अलिपर खुला ठाउँमा पुगे र उसंग याे अवस्थाकाे बारेमा केहि कुरा साेध्ने अनुमति मागें ।

उसले पनि हुन्छमा टाउकाे हल्लायाे ।

‘यहाँ केकाे हल्लाखल्ला यत्राे ?’

उसले पनि क्यामेरा धुमाएकाे देखेर अलि टाेपी लुगा मिलाउँदै भन्याे, डाक्टरको लापरवाहीले मेराे भाइकाे ज्यान गयाे । तेसैकाे बिराेधकाे हल्लाखल्ला हाे याे ।’

‘अनि तपाईंको भाइलाई के भएकाे थियाे ? कहिलेदेखि यहाँ अस्पतालमा आउनु भएकाे थियाे ?’

‘२१ वर्षकाे मेराे भाइ हिजो चार बजे बाईक दुर्घटनामा परेकाे थियाे । पाँच बजे अस्पतालमा ल्याइपुर्याएकाे, राति ११ बजे ज्यान गयाे ।’

‘अनि अस्पतालकाे लापरवाहीले ज्यान गयाे भन्ने कसरी पुष्टि भयाे ? के छ त ठाेस प्रमाण ?’

‘यता सुन्नु, यति ठूलाे देशकै प्रतिष्ठित अस्पताल । यति धेरै विषेशज्ञ डाक्टर र अनुभवि नर्सहरुले चाहनु भएकाे भए एउटा एक्सिडेन्टकाे बिमारी बचाउन सकिहाल्नु हुनेथियाे । ५/५ घन्टाकाे समय थियाे ।’

‘अब अन्तमा तपाईहरुकाे भनाइ के छ त ?’

‘उचित क्षतिपूर्ति नपाएसम्म हामी लास उठाएर लाँदैनौँ ।’

‘उचित भनेकाे कति ? कति क्षतिपूर्ति चाहनुहुन्छ ?’

‘दस लाख’, उच्चस्वरमा रबाफिलाे हुँदै उसले भन्याे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button